मुख्य समाचार
प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सम्पन्न | नेपाल–भारत पत्रकारिताबीच सहकार्य विस्तारमा जोड | खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु | भैरहवामा गुडिरहेको मोटरसाइकलबाट युवकलाई लतारेर अपहरण र ज्यान मार्ने प्रयास, एक जना पक्राउ | रूपन्देहीमा 'सुरक्षित ई-रिक्सा यात्रा' अभियान: लाइसेन्स नभएका ४४ ई-रिक्सा कारबाहीमा | भैरहवामा युयनवी क्यामेराको ‘पार्टनर मीट’ सम्पन्न | लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा | उद्योगमा आगलागीबाट पाँच करोडको क्षति | लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी |
मुख्य समाचार
प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सम्पन्न | नेपाल–भारत पत्रकारिताबीच सहकार्य विस्तारमा जोड | खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु | भैरहवामा गुडिरहेको मोटरसाइकलबाट युवकलाई लतारेर अपहरण र ज्यान मार्ने प्रयास, एक जना पक्राउ | रूपन्देहीमा 'सुरक्षित ई-रिक्सा यात्रा' अभियान: लाइसेन्स नभएका ४४ ई-रिक्सा कारबाहीमा | भैरहवामा युयनवी क्यामेराको ‘पार्टनर मीट’ सम्पन्न | लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा | उद्योगमा आगलागीबाट पाँच करोडको क्षति | लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी |


नेपाल–भारत पत्रकारिताबीच सहकार्य विस्तारमा जोड

Ujyalosandeshonline 11418+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

भैरहवा । हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको अवसरमा शनिवार भारतको गोरखपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पत्रकारिताको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । मान्यता प्राप्त प्रेस क्लब, गोरखपुर र गोरखपुर जर्नालिस्ट प्रेस क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकारिताको बदलिँदो स्वरूप, खोज पत्रकारिता, सीमापार सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई सञ्चार माध्यममार्फत थप सुदृढ बनाउने विषयमा व्यापक छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा आजतक टेलिभिजनका प्रतिनिधि गजेन्द्र त्रिपाठीले नेपाल र भारतबीच रहेका साझा समस्या, सामाजिक सरोकार र जनचासोका विषयमा दुवै देशका सञ्चारमाध्यमले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिताले दुई देशका नागरिकबीच आपसी विश्वास र समझदारी अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै पत्रकारहरूको एकता र सहकार्य समयको आवश्यकता भएको धारणा राख्नुभयो ।

त्यसैगरी   दैनिक जागरणका पूर्व सम्पादक कमलेश त्रिपाठीले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई पत्रकारितामार्फत अझ बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले खोज पत्रकारिताका क्षेत्रमा दुवै देशका पत्रकारले संयुक्त रूपमा काम गर्न सके सीमापार मुद्दाहरूको प्रभावकारी रूपमा उजागर गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रेस ट्रस्ट ऑफ इंडियाका वरिष्ठ पत्रकार आनन्द रायले हिन्दी पत्रकारिताको दुई सय वर्षे यात्राले समाजमा चेतना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पत्रकारिताको माध्यमबाट साझा मुद्दामा सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रीय सहारा पूर्व सम्पादक अनिल पाण्डेले पत्रकारिताको विश्वसनीयता, तथ्यमा आधारित समाचार सम्प्रेषण तथा बदलिँदो सञ्चार परिवेशमा व्यावसायिक पत्रकारिताको महत्वबारे धारणा राख्नुभएको थियो । उहाँले पत्रकारिताले समाजलाई सही दिशा दिनुपर्ने जिम्मेवारी वहन गरेको बताउनुभयो । नेपालका तर्फबाट  लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पत्रकारिताले पुलको भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । उहाँले सीमा क्षेत्रका साझा सवाल, पर्यटन, संस्कृति, व्यापार तथा जनस्तरका सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशका पत्रकारबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले नेपाल र भारतका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान, संयुक्त अध्ययन तथा खोजमूलक पत्रकारिताका कार्यक्रम सञ्चालन गरी पत्रकारितालाई थप सशक्त बनाउने दिशामा लुम्बिनी प्रेस क्लबले सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारितालाई विश्वसनीय, उत्तरदायी र जनमुखी बनाउँदै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने निष्कर्ष व्यक्त गरेका थिए ।

हिन्दी पत्रकारिता र पत्रिकाहरूको यात्रा ३० मे १८२६ मा कलकत्ता (हालको कोलकाता) बाट पण्डित जुगल किशोर शुक्लले प्रकाशन गरेको पहिलो हिन्दी समाचारपत्र ‘उदन्त मार्तण्ड’ बाट सुरु भएको हो । हिन्दी पत्रकारिताले २०० वर्ष पूरा गर्नु केवल एउटा भाषा वा सञ्चार माध्यमको विकासको कथा मात्र होइन, यो भारतीय समाज, जनचेतना, लोकतान्त्रिक आन्दोलन, सामाजिक परिवर्तन र विभिन्न संघर्षहरूको ऐतिहासिक दस्तावेजको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार