मुख्य समाचार
देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की |

युएसएआइडीको सहयोग रोकिदा एचआईभी÷एड्स रोकथाममा चुनौती

Ujyalosandeshonline 11845+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

काठमाडौं । नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) सहयोग कटौतीपछि एचआईभी÷एड्स रोकथाममा चुनौती देखिन थालेको छ । शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग कटौतीले संक्रमितहरु प्रत्यक्ष प्रभावित भएको बताए । 

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा कार्यरत संस्था ब्लू डाइमण्ड सोसाइटीमा आवद्ध ज्योति थापाले आफ्ना समूदायका व्यक्तिहरु बढी प्रभावित भएको सुनाइन् । उनले युएसएआइडीको सहयोगमा २०–२१ वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि  उपचार केन्द्रहरु सञ्चाल गरी सेवा दिइरहेको भएपनि सहयोग कटौती हुँदा समस्या भएको बताइन् । 

सहयोग नै नआएपछि सोसाइटीले आफ्नो सेवाहरु सञ्चालन गर्न नसकिरहेको बताइन् । थापाले युएस एआइडीको सहयोग बन्द भएसँगै नेपालमा एचआईभीको संक्रमण पनि बढ्ने जोखिम रहेको बताइन् । उक्त सहयोग कटौंतीको असर प्रत्यक्ष रुपमा देखिन थालेको बताइन् । 

उनले भनिन्,युएसएआइडीको प्रोजेक्ट या सहयोग नेपालमा जुन भइरहेको थियो  त्यो बन्द भयो । जसले गर्दा ब्लु डाइमण्ड सोसाइटीबाट चलिरहेका ठूला कार्यक्रम एचआईभी÷एड्स रोकथाम उपचार केन्द्र र अधिकारको वकालतका कार्यक्रमहरु देशका २० देखि २१ जिल्लाहरुमा राम्रोसँग चिलिरहेका कार्यक्रम धरापमा परेका छन् ।’

कार्यक्रम नै ठप्प भएपछि एचआईभी÷एड्सलाई २०३० सम्म अन्त्य गर्ने सरकारको लक्ष्यमा पुग्न नसकिने धारणा राखिन् । कार्यक्रममा डा.सर्वेस शर्मालगायतले नेपालमा एचआइभी÷एड्स रोकथाम कार्यक्रमलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने औंल्याए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार