मुख्य समाचार
उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर | हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित |

मौद्रिक नीतिको सिमाभन्दा बाहिर गएर काम गर्न सकिदैन : गभर्नर

Ujyalosandeshonline 11504+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सिमाभन्दा बाहिर गएर काम गर्न नसक्ने बताएका छन् ।

आज पूर्व मौद्रिक नीतिको छलफलमा बोल्दै गर्भनर अधिकारीले मौद्रिक नीतिको आफ्नै सिमा रहेहका बताउँदै उल्लेखित सिमाभित्र रहेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘मौद्रिक नीतिको आफ्नै सिमा छन्, यसले धेरै हात फैलाउन र हाँगा फैलाउन सक्दैँन् । त्यो सिमाभित्र बसेर हामीले काम गर्ने हो । यो कुरालाई सबैले बुझ्नु पर्छ । हामी नीति निमार्ण गर्नेहरुको भूमिका सकेसम्म कसैलाई ऋणमा डुबाउने होइन्, उसले धान्न सक्नेसम्म ऋण दिने र त्यो खालको बाटो वातावरण बनाउने हो ।’

बैंकमा ऋण लिँदा कमिसन लिएको आरोप केन्द्रीय बैंकका लागि गम्भीर आक्षेप भएको भन्दै प्रमाणविना बोल्न पाए भन्दैमा जे पनि बोल्न नपाइने अधिकारीको भनाइ छ ।

उनले भने, ‘यहाँ विरोधका लागि विरोध होइन, व्यवहारिक रुपमा समस्या पर्यो भने त्यो लिएर आउनुस्, राष्ट्र बैंक खुला छ । बैंकमा ऋण लिँदा कमिसन लिइन्छ भन्ने कुरा हाम्रो लागि पटक्कै स्विकार्य छैन् । हाम्रो कानमा पर्दा पनि यहाँभन्दा ठूलो बैंकिङ् अपराध केही पनि हुदैँन् । त्यो कुन बैंकले गरेको हो त्यसको नाम लिनलाई म अनुरोध गर्छु । बिना प्रमाण र आधारका कुरा यस्ता फोरममा गरेर केही अर्थ हुदैँन् । हामीले सयौं जनालाई कारबाही गरेका छौ । यो हाम्रो लागि केन्द्रीय बैंकका लागि योभन्दा गम्भीर कुरा र आक्षेप बैंकको लागि केही पनि हुदैँन् । त्यसको प्रमाण चाहिन्छ फोरममा बोल्न पाए भन्दैमा जे पनि बोल्न पाइन्न ।’

यस्तै, उनले ग्राहक संरक्षणसँग सम्बन्धी एउटा छुट्टै डिभिजन बनाएको भन्दै आगामी वर्षबाट ग्राहकको संरक्षणसँग सम्बन्धी सुपरिवेक्षण पनि गर्ने बताए ।

मौद्रिक नीतिका लागि गृहकार्य थालिएको उल्लेख गर्द अधिकारीले साउनभित्रै ल्याउने दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार