मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

जुम्लामा ४९ करोड ४६ लाख राजस्व संकलन

Ujyalosandeshonline 12548+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

मुगु । आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८१।०८२ मा तीन जिल्लाका ब्यावसायबाट ४९ करोड ४६ लाख राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न राजश्वका विभिन्न आम्दानीका शीर्षकबाट सो रकम संकलन भएको छ । ०८०।८१ मा भने ४६ करोड ५ हजार राजस्व सङ्कलन भएको थियो ।

गतवर्षको तुलनामा ३ करोडले राजस्व संकलनमा वृद्धिभएको राजश्व कार्यालय जुम्लाले जनाएको छ । कर कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार लक्ष्य ६३ करोड ७१ लाखमध्य ४९ करोड ४६ लाख अर्थात ७८ प्रतिशत राजस्व सङ्कलन भएको बताए ।

कर अधिकृतका अनुसार, संकलित राजस्व मध्य ३४ करोड ९५ लाख आयकरबाट संकलन भएको हो भने भ्याट करतर्फ १३ करोड ५२ लाख, अन्त शुल्क करबाट ९८ लाख ६१ हजार राजस्व संकलन भएको जानकारी दिएका हुन् ।

प्रमुख कर अधिकृत घिमिरेका अनुसार, आय करतर्फ व्यक्तिगत वा एकलौटी फर्मबाट १२ करोड १८ लाख ६९ हजार ६ सय ९४ रूपैयाँ ६९ पैसा, पारिश्रमिक आय करबाट १० करोड ३१ लाख ५२ हजार ९ सय ७१ रूपैयाँ ५९ पैसा संकलन भएको हो ।

पुजिगत लाभ कर व्यक्तिगतबाट ८७लाख७५ हजार ५ सय २२ रूपैयाँ २५ पैसा, आकस्मिक लाभ कर व्यक्तिगतबाट ५९ लाख १० हजार ७७ रूपैयाँ, आय कर सरकारी प्रतिष्ठानहरूबाट७१ हजार ६ सय ६१, आय कर पब्लिक लिमिटेडबाट ८५ लाख ७० हजार ७७ रूपैयाँ, आय कर प्रालिबाट १ करोड ९१ लाख ९६ हजार ४ सय ५० रूपैयाँ ९३ पैशा राजस्व संकलन भएको प्रमुख कर अधिकृत घिमिरेले जानकारी दिएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार