मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

‘छोरी आत्मनिर्भर’ कार्यक्रम सरकारको नयाँ वार्षिक नीतिमा आउने

Ujyalosandeshonline 11878+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

विराटनगर । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने भएको छ । यस्तो कार्यक्रमा ल्याउने योजनाको तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जानकारी दिए हुन् । मन्त्री चौधरीले सरकारले महिलालाई उद्यमशिलतामा जोड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम नीति कार्यक्रममै ल्याउने योजना रहेको बताइन् । 

‘महिलालाई उद्यमशिलतामा जोड्ने योजना बनाइरहेका छौं । मुलुकका ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा बीउ पूँजीसहित छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । यसले देशमा महिला उद्यमशिलताको मात्र विकास गर्दैन हजारौं महिलालाई आत्मनिर्भर पनि बनाउन सफल हुनेछ ।’ 

विराटनगरमा शुक्रबारदेखि शुरू भएको महिला उद्यमशिलता प्रदर्शनीमा मन्त्री चौधरीले महिला उद्यमीका लागि पनि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेका उल्लेख गर्दै निजी क्षेत्रले केही नयाँ कार्यक्रम मार्फत महिलालाई उद्यमी बनाउने योजना ल्याए मन्त्रालयले सहकार्य गर्ने बताइन् ।

हरेक वडाका ५ देखि १० जना छोरीलाई तीनवर्ष सम्म ऋण तिर्न नपर्ने शर्तमा बीउ पूँजीको व्यवस्था गरेर प्याकजमै सीप विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भनाई मन्त्री चौधरीको छ । 

 त्यसका लागि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्री समेतलाई अवधारणा बुझाइसकेको र आगामी आर्थिक वर्षमा योजना लागू भए एकैपटक देशभर महिलाहरू आर्थिक सशक्तिकरणको अभियानमा जोडिने धारणा उनले छ । 

‘यो कार्यक्रमले महिलाको जीवनमा आर्थिक परिवर्तन आउँछ भन्ने हाम्रो अपेक्षा हो, यसमा प्रधानमन्त्री र अर्थमन्त्री समेत सकारात्मक हुनुहुन्छ ।’ 

कार्यक्रमका लागि कति बजेट विनियोजन हुने र प्रत्येक समुहलाई कति बीउ र पूँजीको व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै चौधरीले देशको विकास गर्न नीजि क्षेत्र र सरकार दुवै सँगसँगै अगाडी बढ्नुपर्ने उल्लेख गरिन ।।

उनले आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा महिला पीडित बनिरहेको उल्लेख गरेकी चौधरीले महिला लक्षित विकास कार्यक्रमहरु ग्रासरुटमा पुर्याउनुपर्नेमा जोड दिएकी छन् ।

‘तारे होटलमा जम्मा गराएर यसो र उसो गर्नुपर्छ भन्दै भाषण गरेर मात्र उनीहरुको सीप विकाससहित आर्थिक र सामाजिक विकास हुँदैन,’ चौधरीले भनिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार