मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

‘छोरी आत्मनिर्भर’ कार्यक्रम सरकारको नयाँ वार्षिक नीतिमा आउने

Ujyalosandeshonline 12611+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

विराटनगर । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने भएको छ । यस्तो कार्यक्रमा ल्याउने योजनाको तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जानकारी दिए हुन् । मन्त्री चौधरीले सरकारले महिलालाई उद्यमशिलतामा जोड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम नीति कार्यक्रममै ल्याउने योजना रहेको बताइन् । 

‘महिलालाई उद्यमशिलतामा जोड्ने योजना बनाइरहेका छौं । मुलुकका ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा बीउ पूँजीसहित छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । यसले देशमा महिला उद्यमशिलताको मात्र विकास गर्दैन हजारौं महिलालाई आत्मनिर्भर पनि बनाउन सफल हुनेछ ।’ 

विराटनगरमा शुक्रबारदेखि शुरू भएको महिला उद्यमशिलता प्रदर्शनीमा मन्त्री चौधरीले महिला उद्यमीका लागि पनि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेका उल्लेख गर्दै निजी क्षेत्रले केही नयाँ कार्यक्रम मार्फत महिलालाई उद्यमी बनाउने योजना ल्याए मन्त्रालयले सहकार्य गर्ने बताइन् ।

हरेक वडाका ५ देखि १० जना छोरीलाई तीनवर्ष सम्म ऋण तिर्न नपर्ने शर्तमा बीउ पूँजीको व्यवस्था गरेर प्याकजमै सीप विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भनाई मन्त्री चौधरीको छ । 

 त्यसका लागि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्री समेतलाई अवधारणा बुझाइसकेको र आगामी आर्थिक वर्षमा योजना लागू भए एकैपटक देशभर महिलाहरू आर्थिक सशक्तिकरणको अभियानमा जोडिने धारणा उनले छ । 

‘यो कार्यक्रमले महिलाको जीवनमा आर्थिक परिवर्तन आउँछ भन्ने हाम्रो अपेक्षा हो, यसमा प्रधानमन्त्री र अर्थमन्त्री समेत सकारात्मक हुनुहुन्छ ।’ 

कार्यक्रमका लागि कति बजेट विनियोजन हुने र प्रत्येक समुहलाई कति बीउ र पूँजीको व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै चौधरीले देशको विकास गर्न नीजि क्षेत्र र सरकार दुवै सँगसँगै अगाडी बढ्नुपर्ने उल्लेख गरिन ।।

उनले आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा महिला पीडित बनिरहेको उल्लेख गरेकी चौधरीले महिला लक्षित विकास कार्यक्रमहरु ग्रासरुटमा पुर्याउनुपर्नेमा जोड दिएकी छन् ।

‘तारे होटलमा जम्मा गराएर यसो र उसो गर्नुपर्छ भन्दै भाषण गरेर मात्र उनीहरुको सीप विकाससहित आर्थिक र सामाजिक विकास हुँदैन,’ चौधरीले भनिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार