मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

‘दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको कब्जामा जान्छ’

Ujyalosandeshonline 12342+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको र दलालहरुको नियन्त्रण जाने टिप्पणी गरेका छन् । 

आइतबार माओवादी नेता पोष्ट बहादुर बोगटी ‘दिवाकर’को १०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओायजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनता र समाजवादउन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको बताए । 

उनले भने, ‘अब दलाल तथा नोकरशाही पूँजीवादका विरुद्धको संघर्ष, बिचौलियाहरु विरुद्धको संघर्ष मुख्य भएर जान्छ । त्यसो गर्न सकिएन भने यो गणतन्त्र बिचौलियाहरुको गणतन्त्र हुन्छ, दलालहरुको हुन्छ, राज्य दोहन गर्नेहरुको हुन्छ । तत्कालिन अध्यक्ष कमरेड नेतृत्वको सरकारले सुशासन र गणतन्त्र रक्षाको अभियानलाई अगाडि बढायो । यसले माओवादी कुन कित्ताको भनेर छ्ट्याएको छ । माओवादी जनता, समाजवादउन्मुख गणतन्त्रको पक्षको हो भन्ने पुष्टि गर्यो ।’

‘प्रचण्ड’ नेतृत्वको सरकार गठबन्धनमा बनेको हुनाले आफ्नो धारमा काम गर्न नसकिएको पुनको स्विकारोक्ति थियो । विचार र राजनीति सहि भयो भने मात्र पार्टी र संगठन बलियो हुने उल्लेख गर्दै उनले माओवादी आज देशको एक नम्बर पार्टी भएको दाबी गरे । 

‘समावेशी लोकतन्त्र, धर्म निरपेक्षतासहित यहाँका विविधताहरुलाई समावेशी सहति अगाडि बढ्ने पार्टी हो माओवादी केन्द्र माओवादीको विचारले आज देश अगाडि बढेको छ । शक्ति गणितीय रुपले कहिले तलमाथि हुनसक्छ । तर विचार र राजनीति सहि भयो भने संगठन र पार्टी बन्छ । यसमा माओवादी आज एक नम्बर पार्टी हो,’उनको भनाइ थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै