मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12548+ समाचार ( )
७ पौष २०८१, आइतबार

देउखुरी । लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वनजंगलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवद्र्धन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । 

राप्ती गाउँपालिका–४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका जन प्रति निधि सँगको भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योग लाई प्रवद्र्धन गरिने बताएका छन् । ‘स्थानीय उत्पादनले नै आर्थिक विकास बढ्छ । सरकारले पनि स्थानीय उत्पादन बढाउने गरी नीति तथा कार्यक्रम बनाएको छ’उनले भने,‘स्थानीयस्तरमा रोजगारी सृजना, स्थानीय कच्चा पदार्थको सदुपयोग र आर्थिक आयस्तर बढाउन घरेलु तथा साना उद्योगले पुर्‍याएका छन् ।’

भेटमा उद्यमी जिसीले नेपाली हातेकागज कारखाना स्थापना गरेको, वार्षिक एक करोड बढीको कारोबार गरिरहेको, २० जनालाई प्रत्येक्ष रोजगारी दिएको मुख्यमन्त्री आचार्यलाई जानकारी गराए । ‘बनकसलाई नेपाली कागज बनाउन प्रयोग गरिरहेका छौं । यो बनकस हरेक वर्ष सदुपयोग नभएर डढेलो लागेर खरानी हुन्थ्यो’उद्यमी जिसीले भने,‘गत वर्ष १५ लाख रुपैयाँको बनकस खरिद गरे । अहिले २० लाखको बनकस खरिद गर्ने योजना छ ।’ 

सरकारी कामकाजमा स्थानीयस्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रयोगमा ल्याउन उद्यमी जिसीले अनुरोध गरे । ‘स्थानीयस्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रदेश सरकारले सरकारी कामकाजमा प्रयोगमा ल्याउँदा हामीहरुलाई पनि हौसला थपिने थियो’जिसीले भने,‘प्रदेश सरकारले उद्योगको स्तरवृद्धि गर्न पनि सघाउने आशा गरेको छु ।

’ उद्योगले स्थानीय उपभोक्ताबाट बनकस खरिद गर्दै आएको छ । लोक्ता भने बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था छ । यहाँ उत्पादन भएको नेपाली कागज देशका ठूला शहरमा पुगेको, नेपाली कागज उत्पादन गर्न भ्याईनभ्याई भएको उद्यमीको भनाइ छ । परिवारका सदस्यले सुरु गरेको घरेलु उद्योगबाट उत्पादन भएको कागजले राम्रो बजार पाइरहेको छ ।

अब उद्योगलाई स्तरवृद्धि गरेर थप २० जनालाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको उद्यमीको भनाइ छ । जिसीको परिवारले २०७९ फागुन १९ गतेबाट ४५ लाखको लगानीमा राप्ती नेपाली हातेकागज कारखाना स्थापना गरेर नेपाली कागज उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार