मुख्य समाचार
दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना |

लम्कि बासिका खानेपानीका समस्या समाधान गर्छौ : मन्त्री यादव

Ujyalosandeshonline 12551+ समाचार ( )
२४ पौष २०८१, बुधवार

लम्कि (कैलाली) । खानेपानी मन्त्री प्रदीप यादवले कैलालीको लम्कि क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताएका छन्  ।

बुधबार कैलाली जिल्लाको लम्कि चुहा नगरपालिका स्थित लम्कि चुहा सहलगानि खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले उक्त आयोजना सम्पन्न भए यस क्षेत्रमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताए ।

उनले भने, नगरिकलाई सुद्ध पानी बितरण गर्ने सरकारको प्रमुख लक्ष्य र उदेश्य हो । लम्किमा निर्माण भैरहेको खानेपानी आयोजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने छ ।’

अनुगमन तथा निरीक्षणका क्रममा सन्चारकर्मिलाई संक्षिप्त प्रतिक्रिया दिनु हुँदै मन्त्री यादवले आम देशबासी नागरिकलाई शुद्ध खानेपानी पु¥याउनु आफ्नो प्रमुख दायित्व भएको बताउनु भएको छ । उनले भने,‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु  ।’

मन्त्री यादवले  सुदुर पश्चिम् का आम नगारिकहरुका खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान गरिने समेत बताए । उनले भने,‘सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । सुदूरपश्चिमाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।’

आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफुले पनि मन्त्रालय सम्हाले देखि हाल सम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्न तर्फ अग्रसर रहेका उनको भनाई थियो ।

उनले भने,‘सरकारको एक घर एक धाराको अवधारणा छ । आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन म सहित सिङ्गो मन्त्रालय खटिएका छौँ।’

चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाई थियो ।

तराइँ क्षेत्रमा भुमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथासक्के रोक्नु पर्ने मन्त्री यादवले धारणा राखे । उनले भने,‘चुरे दोहनले तराइँमा भुमिगत पानी सुक्न थालेका छन् । चुरे दोहन गर्ने अब बन्द गर्नु पर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार