मुख्य समाचार
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन | कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण | रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल | पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने | नारायणगढ-मुग्लिन सडक अवरुद्ध | डीआईजी खत्रीद्वारा रुपन्देहीका सीमावर्ती प्रहरी इकाइको निरीक्षण; सुरक्षा व्यवस्था कडा पार्न निर्देशन | कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह | पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन | कबुलियत गराएर भन्सार जाँचपास थालियो |

बौद्ध विद्वानहरुलाई लुम्बिनी भ्रमण गर्न आग्रह

Ujyalosandeshonline 11200+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

भैरहवा । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्ध विद्वानहरूलाई बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गरेका छन् । भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा भएको प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बोधन गर्दै डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न आफूहरु सधैँ तयार रहेको बताएका हुन् ।

उनले एसियन बुद्धिस्ट समिटजस्ता कार्यक्रमहरुले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्परागतहरूको बारेमा छलफल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । बौद्ध शिक्षाको माध्यमबाट एसियालाई विकसित बनाउन सकिने धारणा व्यक्त गर्दै बुद्ध मार्गले कला, साहित्य, वस्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोडेको उनले जनाए।

एसियाली मुलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको विभिन्न तरिकाले अनुसरण भइरहेको बताउँदै डा. लामाले एक चक्रवर्ती राजाले धम्म शिक्षाको माध्यमबाट संसारभर राज गरेको स्मरण गरेका थिए । उनले बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्व दिएर कार्यक्रमको आयोजना गरेको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार