मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

मध्यविन्दु नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित

Ujyalosandeshonline 12338+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयहरूलाई एक समारोहका बीच सम्मान गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सम्पन्न उक्त विशेष कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट कक्षा ५, ८, १० र १२ मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूसँगै उत्कृष्ट नतिजा दिलाउन सफल विषयगत शिक्षकहरू र समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई समेत कदर गरिएको छ। साथै, नगरपालिकामा लागू भएको स्थानीय पाठ्यक्रम ‘हाम्रो खुशी’ अध्यापन गराउने उत्कृष्ट सिएचटी (CHT) तथा एमएचआरटी (MHRT) शिक्षकहरूलाई पनि विशेष सम्मान प्रदान गरियो।

शिक्षा प्रमुख पदमराज आचार्यको सभाध्यक्षता र नगरप्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपप्रमुख पूर्णकला चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीको उपस्थिति रहेको थियो । शिक्षा अधिकृत कृष्णप्रसाद रेग्मीको स्वागत मन्तव्य र गीता चापागाईं पाण्डेको सञ्चालनमा सम्पन्न भएको यस कार्यक्रमले शिक्षक तथा विद्यार्थीको मनोबल उच्च राख्दै नगरको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र सकारात्मक प्रतिस्पर्धालाई प्रोत्साहन गर्न टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार