मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रक्षामन्त्रीले गरे सुरुङमार्ग ब्रेक थ्रु

Ujyalosandeshonline 12548+ समाचार ( )
१२ जेठ २०८१, शनिबार

मकवानपुर । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले स्वीच दबाउँदै ब्लास्टिङ गरेर शुक्रबार सुरुङमार्ग ब्रेक थ्रु गरेका छन् । काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग सुरुङमार्ग ब्रेक थ्रु गरिएको हो ।

यसअघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु गरिएको थियो ।

रक्षामन्त्री उप्रेतले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन पनि गरेका छन् । निर्माणको ३३ प्रतिशत काम सकिएको छ ।

द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौंलाई मध्य तराईको भुभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणम निर्माण गर्ने र कृषि , ब्यापार ब्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने रक्षामन्त्री उप्रेतीले उदघाटन समारोहमा बताए । 

आफु पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौसम्म भोग्नुपरेका दुःख ब्यथालाइ आफुले नजिकबाट नियालेको कारण यस आयोजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार