मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

रासस 515+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडक खण्डमा अझै यातायात सञ्चालन हुन सकेको छैन । लगातारको वर्षाका कारण सडक हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो । शुक्रबार दिउँसोदेखि परेको वर्षाले दाउन्नेको उकालो खण्डमा सवारीसाधन चिप्लिएर गुड्न नसक्दा जाम लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । उहाँका अनुसार घिउखोला, विश्वकर्मा मन्दिर क्षेत्र र पैसट्ठीमोड आसपासमा बढी समस्या देखिएको छ ।

दाउन्ने खण्डमा सवारीसाधन फसेर जाम बढ्न थालेपछि पूर्वबाट पश्चिमतर्फ जाने ठूला तथा मालवाहक सवारी साधनलाई कावासोती क्षेत्रमै रोकिएको छ । यसअघि सडकको अवस्थालाई ध्यानमा राख्दै नारायणगढ–बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा रातिको समयमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माण भइरहेकाले सामान्य वर्षामै पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । अवरोध हटाई सवारी सञ्चालन सहज बनाउन मर्मत तथा व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार