मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी : बागलुङ प्रहरीको आयो यस्तो अनुरोध

Ujyalosandeshonline 11768+ समाचार ( )
९ माघ २०८१, बुधवार

पोखरा । बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको घरमा गएको माघ ४ गते दिउँसो तीन बजे चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका हुन् ।

उनीहरुको घरबाट दिउसै चोरी गरेर भागेका बागलुङ ताराखोला गाउँपालिका वडा नं. ३ घर भई हाल ऐ. गल्कोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष २६ को रमेश भन्ने यम बहादुर बस्नेतलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। अभियुक्त बस्नेतले ताराखोलाका ती घरबाट दिउँसै ७८ हजार रुपियाँ र दुई थान मोबाइल चोरी गरेर भागेको प्रहरीले बताएको छ ।

ताराखोला गाउँपालिका वडा नं. ३ स्थित आफ्नै घरबाट पक्राउ परेका अभियुक्त बस्नेतको साथबाट ७१ हजार पाँचसय २५ रुपियाँ र दुई थान मोबाईल पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त बस्नेताबिरुद्ध बागलुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा पांच सिन्बको म्याद थप भै अनुसन्धान शुरु गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले समुदायमा देखिएका शंकास्पद तथा नौलो व्यक्ती वा समुहका बारेमा नजिकको प्रहरी कार्यालय वा पैसा नलाग्ने नं. १०० मा फोन गरी सुचना दिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार