मुख्य समाचार
मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल | एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा | लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा | पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल | मोरङमा डिजे प्रयोगमा पूर्ण रोक, उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने | नेपाल चिकित्सक संघद्वारा देशभरका आकस्मिक बाहेकका सेवा बन्दको घोषणा | पूर्वी नाका काँकरभिट्टाबाट एक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए | सम्बन्ध विच्छेदको प्रमाणपत्रमा मोलमोलाइ: १० हजार घुससहित वडा सचिव रंगेहात पक्राउ |

एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता

Ujyalosandeshonline 11836+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधीमा विशेष अदालतमा २०१ मुद्दा दर्ता गरेको जानकारी गराएको छ । आइतबार अख्तियार दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्त नरहरी घिमिरेले गत आर्थिक वर्ष २०८०÷८१ मा विषेश अदालतमा दुई सय एक मुद्दा दर्ता भएको जानकारी दिए । 

प्रवक्ता घिमिरेका अनुसार उक्त मुद्दाहरु बापत एक हजार पाँच सय ४५ जनलाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो उठाएको जानकारी दिए । 

उनले भने, ‘आर्थिक वर्ष २०८०÷८१ मा विशेष अदालतमा दर्ता भएका दुई सय एक वटा आरोपपत्रमध्ये गैरकानुनी लाभ हानिसँग सम्बन्धित ५८ वटा, घुस÷रिसवतसँग सम्बन्धित ४८ वटा, झुटा÷नक्कली शैक्षिक योग्यताको नकली प्रमाणपत्रसम्बन्धी ३४ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३३ वटा, राजस्व चुहावटसम्बन्धी १३ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ वटा, र विविध विषयका ४ वटा रहेका रहेका छन् । उल्लेखित आरोपहरुबाट कूल १५४५ जनलाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४ सय ७ रुपैयाँ बिगो मागदाबी लिइएको छ ।’

उनका अनुसार सबैभन्दा बढि उजुरी परेका मन्त्रालयहरु भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, शिक्षा विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र उद्योग मन्त्रालय रहेका छन् । 

उनले भने, ‘प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित्त ३८.९१ प्रतिशत रहेका छन्। त्यसपश्चात, कमशः शिक्षा (स्थानीय तहसमेत) १५.७९ प्रतिशत, गैरकानुनी सम्पनी आर्जन ६.९८ प्रतिशत, भूमि प्रशासन ६.४९ प्रतिशत, नकली शैक्षिक प्रमाण–पत्र ४.७१ प्रतिशत, वन तथा वातावरण ३.८२ प्रतिशत स्वास्थ्य तथा जनसख्या ३.६८ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात २.६१ प्रतिशत, गृह प्रभासन ३.५२ प्रतिशत, अर्थ २.१३ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ २.१० प्रतिशत खानेपानी तथा शहरी विकास १.६१ प्रतिशत र अन्य निकाय÷क्षेत्रसँग सम्बन्धित्त उजुरीहरू १.६४ प्रतिशत रहेका छन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार