मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

जुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढे

Ujyalosandeshonline 12490+ समाचार ( )
५ कार्तिक २०८२, बुधवार

जुम्ला । सम्बन्ध विच्छेदको उजुरी बढेसँगै जुम्लाबासीमा चिन्ता देखिएको छ । संयुक्त परिवारका रुपमा एकै घरमा तीन–चार पुस्ता रमाउने गरेको जुम्लामा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी उजुरी, मुद्दा मामिला बढेकामा जिल्लावासी चिन्तित देखिन्छन् । 

जिल्ला अदालत जुम्लाका खरिदार हरिकृष्ण तिमिल्सेनाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ६९ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फछ्र्योट भई २१ वटा फैसला हुन बाँकी रहेको छ ।यस्तै, गत आर्थिक वर्ष २०८१÷८२ मा ७४ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फछ्र्योट भई २६ वटा फैसला हुन बाँकी रहेको छ ।   

यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा सम्बन्धविच्छेदसम्बन्धी ४३ वटा उजुरी परेकामा १५ वटा फछ्र्योट भएको र २८ वटा निर्णय हुन बाँकी रहेको अदालतले जनाएको छ । यसरी अदालतबाट प्राप्त अघिल्लो, गत र चालु आवको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा सम्बन्धविच्छेदका लागि उजुरी दिन आउनेको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ ।     

घरेलु हिंसासम्बन्धी मुद्दाको हकमा स्थानीय तहको न्यायिक समिति तथा प्रहरी प्रशासनलगायतका सरकारी संयन्त्रमा उजुरी दर्ता गरी मेलमिलाप गर्न सकिने कानुनी व्यवस्था भएको तर ‘सम्बन्धविच्छेद’सम्बन्धी मुद्दाको टुङ्गो अदालतबाट हुने भएकाले उजुरी दिन आउनेको सङ्ख्या बढेको हुनसक्ने अदालतले जनाएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार