मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

भन्सार छलीको सामान बोक्ने अटो रिक्सा प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 12547+ समाचार ( )
२२ पौष २०८१, सोमबार

गौर । रौतहटको यमुनामाइ गाउँपालिकाको बमनहर चोकबाट प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र कपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा नेपाल ल्याएर विभिन्न सवारीमार्फत लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार  यमुनामाइ गाउँपालिका वडा न ४ बमनहर चोकमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय र मातहत बाट खटिएको टोलिले विभिन्न सवारी र पैदल यात्री लाई चेकजाँच गर्ने क्रममा फेला परेको उनले जानकारी दिए ।

प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना १ ह ७२०८ को अटो रिक्साबाट एक लाख ३७ हजार ५ सय २१ रुपैया बराबरको चिनी र कपडा बरामद गरेको उनले बताए ।

अटो रिक्साको मूल्याकंन २ लाख गरि तिन लाख ३७ हजार ५ सय २१ रुपैया कायम गरि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहटका प्रहरी निरीक्षक महतोले बताए  पछिल्लो समयमा भारतसंग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ ।

भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् । विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हँुदै आएकोे छ ।

लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाइन्छ ।

लताकपडा, श्रृंगारका सामन, ईलोक्ट्रोनिक्स उपकरण र खद्यान्न लगायतका सामनहरुको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार