मुख्य समाचार
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने |

कपिलवस्तु खुला ठाउमा दिशा पिसाब गर्ने १६ जना प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 12536+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

नारद कोहार

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको छ । पटक पटक सुचना जारी गरे पनि अटेर गरे पछि मंगलवार बिहान गाउँपालिका र प्रहरीसहितको टोलीले बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो ।

सोही अनुगमनकाक्रमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वटा वडामा अनुगमन गरेको थियो । प्रहरी सहितको अनुगमन टोली देखिएपछि खुला दिसा गर्ने समूहको भागाभाग भएको थियो । प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६ र ७ का रहेका वास संयोजक बेल्बासेले बताए । नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक छन् । उनीहरू आफन्तकोमा आएका थिए ।

नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडाध्यक्षको जिम्मा लगाइएको थियो । पालिकाले वैशाखदेखि पूर्ण सरसफाइ कार्यान्वयन गरी खुला दिसा मुक्त बनाउन अभियानको रूपमा अगाडी सारेका थियो । तीन महिनासम्म समुदायमा सचेतना अभियान, शौचालय निर्माणको अभियान सञ्चालन गर्दै वैशाखदेखि अटेरी गर्नेलाई कारबाही गर्ने योजना अगाडि सारेको थियो ।

हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ । २०७८ साल मै जिल्ला खुल दिशामुक्त घोषणा भए पनि अझै सम्म पनि जिल्लाक अधिकांस पालिकामा खुला ठाउमा दिशा पिसाब गर्ने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार