मुख्य समाचार
‘राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ’ | रोहिणी–५ पिपरहवामा स्वास्थ्य चौकी निर्माण हुँदै | श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकार गम्भिर : प्रधानमन्त्री | श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह | भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो | ‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’ | सरकारले ग¥यो श्रमिकका समस्या समाधान गर्ने उद्देश्यले श्रमाधान सेवाको शुरुवात | समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक : नेता सिटौला | ‘मनपरी आउने विदेशी आर्थिक सहयोग रोक्छौं’ | श्रमिक वर्गको हक अधिकारको सवालमा सचेत छौं :सभामुख |

कपिलवस्तु खुला ठाउमा दिशा पिसाब गर्ने १६ जना प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 2413+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

नारद कोहार

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको छ । पटक पटक सुचना जारी गरे पनि अटेर गरे पछि मंगलवार बिहान गाउँपालिका र प्रहरीसहितको टोलीले बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो ।

सोही अनुगमनकाक्रमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वटा वडामा अनुगमन गरेको थियो । प्रहरी सहितको अनुगमन टोली देखिएपछि खुला दिसा गर्ने समूहको भागाभाग भएको थियो । प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६ र ७ का रहेका वास संयोजक बेल्बासेले बताए । नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक छन् । उनीहरू आफन्तकोमा आएका थिए ।

नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडाध्यक्षको जिम्मा लगाइएको थियो । पालिकाले वैशाखदेखि पूर्ण सरसफाइ कार्यान्वयन गरी खुला दिसा मुक्त बनाउन अभियानको रूपमा अगाडी सारेका थियो । तीन महिनासम्म समुदायमा सचेतना अभियान, शौचालय निर्माणको अभियान सञ्चालन गर्दै वैशाखदेखि अटेरी गर्नेलाई कारबाही गर्ने योजना अगाडि सारेको थियो ।

हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ । २०७८ साल मै जिल्ला खुल दिशामुक्त घोषणा भए पनि अझै सम्म पनि जिल्लाक अधिकांस पालिकामा खुला ठाउमा दिशा पिसाब गर्ने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार