मुख्य समाचार
दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध | सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक | प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल | कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न | भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक | बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित |

प्रधानमन्त्री कप क्रिकेट :
सुदूर पश्चिम ५ विकेटले विजयी

Ujyalosandeshonline 12394+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

भैरहवा । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रीकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाइ ५ विकेटले पराजित गरेको छ । बुधबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रीकेट रङ्गशालामा भएको खेलमा सुदूरले लुम्बिनीले दिएको ११७ रनको लक्ष्य ३१.१ ओभरमा भेट्टाएको हो । 

सुदूरको लागि किरण ठगुन्ना र नारायण जोशीको उत्कृष्ट साझेदारीले सुदूरको जीत सुनिश्चित गरेको हो । किरणले ४३ बल खेल्दै ४ चौका र २ छक्काको सहयोगमा अविजित ४३ रन बनाए । यसै गरि नारायण जोशीले अविजित २५ रन र प्रकाश पाण्डेले २२ रन बनाए । 

बलिङमा लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान १/१ विकेट लिए । 

यस अघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा आफ्ना सबै विकेट गुमाउदै ११६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७१ बल खेलेर ४ चौकाको सहयोगमा ४१ रन र प्रज्वल थापाले ५७ बलमा ३ चौकाका सहयोगमा ३० रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंक समेत जोडन् सकेनन् । लुम्बिनीका २ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए भने बिप्रसन केसीले १ रन, मृनाल गुरुङ्गले २ रन, कृष्ण कार्कीले ४ रन बनाए ।

बलिङमा सुदूर पश्चिमका हेमन्त धामीले ९ ओभरमा १ मेडेन सहित २६ रन खर्चिएर लुम्बिनीको ४ विकेट लिए । यस्तै शेर मल्ल, सौर्य श्रेष्ठ र मिलन बोहराले समान २/२ विकेट लिए । 

जारी प्रतियोगितामा ६ खेल खेलेको लुम्बिनी ४ मा जित र २ मा हार गरि ८ अंकका साथ तेश्रो स्थानमै कायम छ भने ६ खेल नै खेलेको सुदूर २ मा जीत र ४ मा हार गरि ४ अंकका साथ अंकतालिकाको सातौ स्थानमा उक्लेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार