मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |

तिन विद्यालयको तह घटाउने, एकलाई अर्कोमा गाभ्ने चन्द्रपुर नगरपालिकाको निर्णय

Ujyalosandeshonline 12523+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका तिन विद्यालयको तह घटाउने र एकलाई अर्कोमा गाभ्ने निर्णय भएको छ । चन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितिको हालै बसेको बैठकले सो निर्णय गरेको हो ।

चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलका अनुसार निम्न माध्यमिक विद्यालय चन्द्रपुर–२ असनवा ,बसन्त आधारभूत विद्यालय बसन्तपुर र जनता प्राथमिक विद्यालय बडहरवालाई तह घटाउने निर्णय भएको हो । नयाँ शैक्षिक सत्रको लागि तिन विद्यालयलाई कक्षा १ देखि कक्षा ३ सम्म अध्यापनको अनुमति दिने निर्णय गरेको उनले जानकारी दिए । 

यस अघि सो विद्यालयहरुमा कक्षा ५ देखि ७ सम्म अध्यापन हुने गरेको थियो । जनप्रिय प्राथमिक विद्यालय नयाँटोल पडहरियालाई श्री कृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णय शिक्षा समितिको बैठकले गरेको शिक्षा शाखा प्रमुख मण्डलले जानकारी दिए । यी विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुँदै गएपछि यो निर्णय गरिएको उनले उल्लेख गरेका छन । 

अर्को तर्फ यस विद्यालयहरुमा विद्यार्थीको संख्या न्यून र शिक्षकको संख्या अवश्यकता भन्दा बढी रहेको पाइएको उनको भनाइ छ । अब तह घटाउने र गाभ्ने निर्णयसँगै शिक्षकको संख्यामा पनि कटौती हुने उनले बताए । ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने मान्यताका साथ अघि बढेका छौ’ उनले भने ।

अनावश्यक शिक्षक दरबन्दी रहेको पाइएपछि व्यवस्थापनको लागि यस्तो निर्णय गर्नु परेको चन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितिले जनाएको छ ।  तर नगर क्षेत्रमा रहेका विद्यालयले पाठयपुस्तक वितरणसँगै नयाँ शैक्षिक सत्रका लागि अध्यापन सुरु गरिसकेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार