मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप

Ujyalosandeshonline 12611+ समाचार ( )
४ जेठ २०८२, शनिबार

जनकपुर । सत्तारुढ नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको पूर्वाग्रहीका कारण स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ख्याल नगरेको भन्दै मुख्यमन्त्री र  स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापन पत्र बुझाउँदै तत्काल अस्पताल सञ्चालनका लागि काम अघि बढाउन मागसहित ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सरकारले २०८० मंसिर १८ गतेको मन्त्रिपरिषद् बैठकबाट ६ वटा जिल्ला अस्पताललाई १०० शैय्याको बनाउने र ५ वटा ५० शैय्याका नयाँ अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि सो निर्णय कार्यान्वयन गर्न पूर्वमन्त्रीसमेत रहेका उपनेता वीरेन्द्र प्रसाद सिंहले माग गरेका छन् । सो निर्णय अनुसार आवश्यक जनशक्तिका लागि अस्थायी दरबन्दी स्वीकृत गरी विज्ञापनमार्फत कर्मचारी छनोट प्रक्रिया समेत पूरा हुँदा पनि अस्पताल सञ्चालनका लागि चासो नदिएको उनको आरोप छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाही र अस्पताल सञ्चालन नगर्ने नियतका कारण अहिलेसम्म सो अस्पतालहरू सञ्चालनमा आउन नसकेको उनको दाबी छ । सो ज्ञापनपत्रमा उपनेता सिंहले, ‘दरबन्दीअनुसारको जनशक्ति सम्बन्धित अस्पतालहरूमा खटाई यथाशीघ्र ती अस्पताल सञ्चालन गरिनुपर्छ ।’ यससाथै उनले मन्त्रालयले देखाएको लापरवाहीको कारण स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकको हकमा गम्भीर अन्याय भएको उल्लेख गरेका छन् ।

सञ्चालनमा नआएका ती अस्पतालहरूका कारण दूरदराजका जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँचमा समस्या भइरहेको भन्दै सरोकारवालाहरूले तत्काल गम्भीर हुन प्रदेश सरकारसंग कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार