मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप

Ujyalosandeshonline 12321+ समाचार ( )
४ जेठ २०८२, शनिबार

जनकपुर । सत्तारुढ नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको पूर्वाग्रहीका कारण स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ख्याल नगरेको भन्दै मुख्यमन्त्री र  स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापन पत्र बुझाउँदै तत्काल अस्पताल सञ्चालनका लागि काम अघि बढाउन मागसहित ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सरकारले २०८० मंसिर १८ गतेको मन्त्रिपरिषद् बैठकबाट ६ वटा जिल्ला अस्पताललाई १०० शैय्याको बनाउने र ५ वटा ५० शैय्याका नयाँ अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि सो निर्णय कार्यान्वयन गर्न पूर्वमन्त्रीसमेत रहेका उपनेता वीरेन्द्र प्रसाद सिंहले माग गरेका छन् । सो निर्णय अनुसार आवश्यक जनशक्तिका लागि अस्थायी दरबन्दी स्वीकृत गरी विज्ञापनमार्फत कर्मचारी छनोट प्रक्रिया समेत पूरा हुँदा पनि अस्पताल सञ्चालनका लागि चासो नदिएको उनको आरोप छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाही र अस्पताल सञ्चालन नगर्ने नियतका कारण अहिलेसम्म सो अस्पतालहरू सञ्चालनमा आउन नसकेको उनको दाबी छ । सो ज्ञापनपत्रमा उपनेता सिंहले, ‘दरबन्दीअनुसारको जनशक्ति सम्बन्धित अस्पतालहरूमा खटाई यथाशीघ्र ती अस्पताल सञ्चालन गरिनुपर्छ ।’ यससाथै उनले मन्त्रालयले देखाएको लापरवाहीको कारण स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकको हकमा गम्भीर अन्याय भएको उल्लेख गरेका छन् ।

सञ्चालनमा नआएका ती अस्पतालहरूका कारण दूरदराजका जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँचमा समस्या भइरहेको भन्दै सरोकारवालाहरूले तत्काल गम्भीर हुन प्रदेश सरकारसंग कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार