मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |

आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित

Ujyalosandeshonline 12523+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । 

राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यसक्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे ।

मंयक अग्रवालले २३ बलमा ५ चौकाको सहयोगमा नटआउट ४१ रनको योगदान गरे । कप्तान शर्मा र अग्रवालबीच पाँचौं विकेटका लागि १०७ रनको अविजित साझेदारी भयो, जसले आरसिबीलाई सहज जित दिलायो ।

ओपनर फिल साल्टले १९ बलमा ३० रन बनाउँदा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए । त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २७ रन बनायो । अब आरसिबीले क्वालिफायर वानमा पञ्जाब किंग्सको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बिहीबार हुनेछ । यस्तै, एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स आमनेसामने हुने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार हुनेछ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार