मुख्य समाचार
दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो |

नेपालमा संघीयता आउनुमा मधेशको भूमिका निर्णायक छ : डा.डिला संग्रौला

Ujyalosandeshonline 11870+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

सिरहा । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मधेश परिवर्तनको पवित्र भूमि भएको बताएकी छिन् । मुलुकमा हरेक आन्दोलन र परिवर्तनको सुरुवात मधेशबाट सुरु भएको उल्लेख गर्दै उनले राष्ट्रपति मात्र पाएर मधेशले चित्त बुझाउन नहुने बताइन् । 

शनिबार नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समितिले लहानमा गरेको अन्तरक्रियामा बोल्दै डा.संग्रौलाले नेपालमा संघीयता कायम हुनुमा मधेशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले मधेश पछाडि पर्नुको कारण जातजाति, वर्ग, लिंग र समूदायबीचमा देखिएको विभेद भएको उल्लेख गर्दै सहमति, सहकार्य र एकता आवश्यक रहेको औंल्याइन् ।

डा.संग्रौलाले पार्टीभित्र रुपान्तरण र आधुनिकीकरण जरुरी रहेको बताउँदै कार्यकर्ताहरुले नेताको वरीपरी घुम्ने प्रबृत्ति त्यागगरी संगठन बनाउन र शक्ति संचय गर्न आग्रह गरिन । उनले अहिलेकै शैलीले कांग्रेस नचल्ने भएकाले पद र शक्तिको पछाडि नलागी संगठन बनाएर अघि बढ्न कार्यकर्ताहरुलाई सुझाव दिइन् ।

‘कार्यकर्ताहरु निराशा आउनुहुँदैन । निराशाले समृद्धि र विकास हुँदैन । त्यसैले अब मधेशका नेपाली कांग्रेसका कार्यकर्ताहरु घरघरबाट जाग्नुपर्छ । परिवर्तनका लागि मधेश फेरि जुट्नुपर्छ,’उनले भनिन् । उनले मधेशमा जातजाती, वर्ग, लिंगबीचको विभेद त्याग गरी एकताबद्ध हुन आग्रह गरिन् । 

जनप्रतिनिधि र नेपाली कांग्रेसबी नंङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने औल्याउँदै उनले मधेशमा भइरहेको प्राकृतिक दोहन, जग्गा बाँझोपन, डुबानको समस्या अन्त्य गर्न सरकारलाई आग्रह गरिन् ।

उनले संविधान संशोधन गर्दा समावेशी सिद्धान्तमा पुनःविचार हुनुपर्ने बताइन । आगामी निर्वाचनमा एक तिहाइ महिलाहरुलाई प्रत्यक्षमा टिकट दिनुपर्ने उनको जिकिर छ । डा.संग्रौलासहित पूर्वमन्त्री एनपी साउद, नेता अब्दुल सतार, गोविन्दबहादुर शाह सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लाको भ्रमणमा छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार