मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुखको निर्देशन

Ujyalosandeshonline 11768+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई महत्वपूर्ण बिषयहरु चाँडो छलफल गरेर टुंग्याउन र आउँदो बजेट अधिवेशनमा संसदमा प्रस्तुत हुने वातावरण बनाउन निर्देशन दिएका छन् ।

आज सबै समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुख घिमिरेले समितिहरुलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । 

छलफलपछि सभामुख घिमिरेले महत्वपूर्ण विधेयकहरुलाई विलम्व नगरी समितिमा छलफल सकेर संसदको आगामी बैठकमा निर्णय हुनेगरी प्रस्तुत गर्न सरसल्लाह भएको सम्वाददाताहरुसँग बताए । 

बजेट अधिवेशन कुनै बाधा अवरोध नभई अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउन सबै दलहरुको समान चासो रहने बताए । आगामी अधिवेशन अघि नै राजनीतिक दलका नेताहरुसँग संसदलाई प्रभावकारी बनाउने बिषयमा परामर्श गर्ने सभामुखले बताए ।

सभापति र प्रमुख सचेतकहरुको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन र अन्य महत्वपूर्ण विधेयकबारे चर्चा भएको थियो । 

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसद र संसदीय समितिले गरेका निर्णयको कार्यान्वयन गराउने कुरामा अडिग रहेर निर्देशन दिन र त्यसको जिम्मेवारी लिन सभामुखलाई सुझाव दिईएको बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय समितिका निर्णयलाई कडाईकासाथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने र अनुगमन समेत गर्न आवश्यक भएको भनेर सभामुखलाई सुझाव दिएको बताए ।

संसदीय समितिले गरेका निर्णय र निर्देशनहरुको पालना नभएको देखिएकाले सरकारका सम्बन्धित निकायसँग समितिका सभापतिहरु असन्तुष्ट रहेको बुझिएको छ । समितिले निर्देशन दिएपनि उच्च तहको नेतृत्वको हस्तक्षेपले सम्वेदनशील बिषयहरु थान्को लाएर सरकारी निकायले समितिलाई नटेर्ने गरेको एक सभापतिले सुनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार