मुख्य समाचार
रामनरेश यादव आदर्श नमुना मावि धकधईको विव्यस अध्यक्षमा मिश्र सर्वसम्मत | भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद |

पर्यटन प्रवर्द्धनबाट प्रदेशको समृद्धि : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12083+ समाचार ( )
४ पौष २०८१, बिहीबार

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पर्यटन प्रवर्द्धनबाट प्रदेशले समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीको आयोजनामा बिहीबार बर्दियामा सम्पन्न उदयमान लुम्बिनी संस्कृति र प्रकृति विषय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरेर कार्यान्वयनमा लगेको बताएका हुन् ।

प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको, पर्यटनमैत्री पूर्वाधार र सम्पदाहरुको संरक्षणमा सरकारले प्राथमिकता राखेर योजना अघि सारेको बताए । लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक, साँस्कृतिक एवं पर्यटन क्षेत्रलाई जोड्ने गरी सरकारले अभियान थालेको जानकारी दिए ।

यसका साथै बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले ध्यान दिएको, योजना तथा बजेटमा प्राथमिकतामा राखिएको समेत उनले जानकारी दिए । राष्ट्रिय निकुञ्जको सिमाना तथा नदी तटिय क्षेत्रमा देखिएको डुबान, कटानको समस्या समाधान गर्न लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले संयुक्त पहल लिएको बताए । ‘यहाँको समस्या यहाँको मात्रै होइन, सिंगो लुम्बिनीको समस्या हो । यसलाई प्राथमिकतामा राखेर हल गर्छौैं’उनले भने,‘निकुञ्जमा किसानहरुको आठ सय विगाह जग्गा रहेको तर, उहाँहरुले न क्षतिपूर्ति पाउनुभयो । न जग्गा पाउनु भएको छ । यो विषयलाई प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउने गरी उठाउँछ ।’

निकुञ्ज ऐन संशोधन गरेर मध्यवर्ती तथा निकुञ्जभित्र रहेको समस्याहरु समाधान गर्न सकिने भएकाले ऐन संशोधनका लागि प्रदेश तहबाट पहल लिने प्रतिबद्धता जनाए । किसानहरुलाई उचित क्षतिपूर्ति र न्याय दिलाउन संघीय सरकारले छिटो निर्णय लिन जरुरी रहेको धारणा राखे । तीन तहका सरकारले जनताका आधारभूत समस्या सुल्झाउन सहकार्य र समन्वय गर्न जरुरी रहेको, यसका साथै प्रदेश सरकारहरुको बीचमा पनि रचनात्मक सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार