मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण

Ujyalosandeshonline 12461+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

मकवानपुर । जेनजी आन्दोलनको नौ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि सुरक्षा कारण घरभित्र सीमित रहेका मुख्यमन्त्री बानियाँ बिहीबार तोडफोड र आगजनीबाट क्षतिग्रस्त प्रदेशका सरकारी तथा निजी संरचनाको निरीक्षणका लागि हेटौँडामा देखा परेका हुन् ।

मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भाटभटेनी सुपर स्टोर लगायतका सरकारी तथा निजी निकायको अवलोकन गरेका थिए ।

आन्दोलनका क्रममा उनका निजी चार वटा घर र व्यवसाय प्रतिष्ठानमा क्षति पुगेपछि केही समय आन्तरिक व्यवस्थापनमा समय दिएका मुख्यमन्त्री बानियाँ मंगलबारदेखि पुनः सक्रिय भएका हुन् । उनले यसबीचमा काठमाडौँमा बसेर मन्त्री, सांसद र पार्टीका नेताहरूसँग छलफल गर्दै क्षति व्यवस्थापनका उपायबारे निर्देशन दिएका थिए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनलाई गणतन्त्र र संघीयता विरोधी तत्त्वहरूले हिंसात्मक रूपमा मोडेको दाबी गर्दै, ‘यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित छ,’उनले भने ।

उनले तत्काल प्रदेश सरकारको सेवा प्रवाह र प्रशासनिक कामकाज प्रभावित नहोस् भनेर वैकल्पिक व्यवस्था खोजी भइरहेको बताए । ‘सरकारी मात्र होइन, निजी संरचनामा भएको क्षतिको पनि मूल्याङ्कन गरेर आवश्यक कदम चालिन्छ,’ मुख्यमन्त्री बानियाँले भने ।

सभामुखको राजीनामासहित कानुनी र प्रशासनिक विषयहरू प्रक्रियागत ढंगले समाधान हुने उनको भनाइ छ । ‘जुन संरचना छिटो तयार गर्न सकिन्छ, त्यसलाई प्राथमिकता दिएर सरकार काम अघि बढाउँछ,’ उनले जोड दिए । मुख्यमन्त्री बानियाँको यो सार्वजनिक अवलोकनलाई सरकार क्षति व्यवस्थापन र स्थायित्वतर्फ लागिपरेको संकेतको रूपमा लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार