मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

मनसुन कमजोर भएपछि धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो

Ujyalosandeshonline 12093+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

काठमाडौं । यस वर्ष मनसुनको अनियमितताले देशभर धान रोपाइँमा उल्लेख्य गिरावट आएको छ । कृषि विभागका अनुसार साउन मसान्तसम्म मुलुकभर १३ लाख ६ हजार २९३ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ, जुन कुल धान रोपाइँ हुने क्षेत्रफलको ९४.९ प्रतिशत हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले कम हो ।

विभागका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौंलागाईका अनुसार मनसुनको अनुकुलता नहुँदा विशेषगरी मधेश र कोशी प्रदेशमा रोपाइँमा ठूलो असर परेको हो । मधेशमा पानी नपरेर मध्ये मनसुनमै सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपरेपछि यहाँ धान रोपाइँ घटेको उनले बताए ।

मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो

देशको प्रमुख अन्न भण्डार मानिने मधेश प्रदेशमा यो वर्ष कुल क्षेत्रफलको मात्र ८६.३५ प्रतिशतमा धान रोपिएको छ, जुन अघिल्लो वर्षको ९७ प्रतिशतको तुलनामा साढे १० प्रतिशतले कम हो । ३ लाख ७० हजार हेक्टर जमिनमा धान खेती हुने मधेशमा मनसुनकै कारण रोपाइँ ढिलो भएको र धेरै स्थानमा बीउ छिप्पिएकाले उत्पादकत्वमा समेत असर पर्ने चौंलागाईको भनाइ छ ।

कोशी प्रदेशमा पनि अघिल्लो वर्ष १०० प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९७.२४ प्रतिशतमा सीमित भएको छ । बागमती, गण्डकी, लुम्बिनी लगायतका अन्य प्रदेशमा पनि रोपाइँको दर केही कम देखिएको छ ।

बीउ ढिलो रोपिँदा उत्पादकत्वमा असर

विशेषगरी मधेश र कोशी प्रदेशमा रोपिने उन्नत जातको धान छिट्टै रोप्नुपर्ने हुन्छ । बीउ राखेको २१ दिनभित्र रोपाइँ गर्न नसक्दा बीउ छिप्पिने र त्यसले उत्पादनमा प्रत्यक्ष असर गर्ने विज्ञहरुले बताएका छन् ।

धान उत्पादन घटेपछि धान तथा चामलको आयात बढ्ने र त्यससँगै खाद्यान्नको मूल्यमा समेत वृद्धि हुन सक्ने देखिएको छ । मनसुन कमजोर भएकोले यो वर्ष धान उत्पादनमा उल्लेखनीय गिरावट आउने देखिएको छ । यसले खाद्य सुरक्षा र महँगीमा असर पार्न सक्ने अनुमान विज्ञहरूले गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार