मुख्य समाचार
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति |

भैरहवाको मैदानमा गण्डकीको कमजोर प्रर्दशन, पुलिसलाई ९३ रनको लक्ष्य

Ujyalosandeshonline 11872+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

भैरहवा । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई मात्र ९३ रनको लक्ष्य दिएको छ । अहिले सम्म अविजित रहेको पुलिसको अगाडी गण्डकीको प्रर्दशन कमजोर रह्यो । 

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय गण्डकीको लागि घातक रह्यो । पुलिसको बलरहरुको अगाडी गण्डकीका खेलाडीहरु निरिह देखिएका थिए । यद्दपी गण्डकीका अलराउण्डर अर्जुन कुमाल क्रिजको एक छेउमा जमे पनि अन्य ब्याट्सम्यानहरुको साथ पाउन सकेनन  । अर्जुनले ६३ बल खेलेर ८ चौकाको सहयोगमा ४८ रन बनाए । यस्तै रोहित चन्द र सुवास भण्डारीले समान १० रन बनाउदा अन्य ब्याट्सम्यानहरु दोहोरो अंक समेत जोड्न सकेनन् । 

गण्डकीको टोलीलाई सस्तोमै समेट्न नेपाल पुलिस क्लबका ललित राजवंशीले ५ विकेट लिए । उनले ५.२ ओभरमा २ मेडेन सहित मात्र ७ रन खर्चिएर गण्डकीको मध्यक्रम भंग गर्न महत्वपूर्ण भूमिका खेले । यसै गरि गुलशन झाले ८ ओभरमा १ मेडेन सहित ४२ रन दिएर ४ विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार