मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

भैरहवामा प्रणय दिवसको अवसरमा ‘थारु लोक संस्कृति तथा खाना महोत्सव’ हुँदै

Ujyalosandeshonline 12321+ समाचार ( )
२७ माघ २०८२, सोमबार

भैरहवा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपाल, लुम्बिनी प्रदेशले भैरहवामा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर ‘थारु लोक संस्कृति एवम् खाना महोत्सव’ आयोजना गर्ने भएको छ । आउँदो फागुन २ गते हुने यो महोत्सवले थारु समुदायको माघी पर्वको समापनसँगै स्थानीय संस्कृति, भेषभूषा र मौलिक खानाको स्वाद पस्कने तयारी गरेको छ ।

सोट्टो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयका अनुसार पश्चिम तराईको आदिवासी थारु समुदायको मौलिकतालाई पर्यटनसँग जोड्ने र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । महोत्सवमा थारु सांस्कृतिक प्रस्तुतिलाई मुख्य प्राथमिकता दिइएको छ भने कार्यक्रमको अन्त्यमा डिजे सेसन र सुलभ दरमा घोडा वा बग्गी चढ्ने व्यवस्था समेत रहनेछ ।

विद्यार्थीलाई सहुलियत सहित १ सय देखि १ हजार रुपैयाँसम्मको टिकट दर तोकिएको यस कार्यक्रममा थारु कल्याणकारी सभा र स्थानीय व्यवसायीहरूको समेत सहकार्य रहेको छ । लुम्बिनीको प्रवेशद्वार र अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवा क्षेत्रमा यस्ता सांस्कृतिक गतिविधिले पर्यटक आकर्षित गर्न र सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न मद्दत पुग्ने विश्वास आयोजकले लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार