मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

अक्कल कोपीला फाउन्डेसनबाट विद्यार्थिलाई स्टेशनरी सहयोग

Ujyalosandeshonline 12461+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका क्षेत्रका ४६ वटा सामुदायिक विद्यालयहरूको विद्यार्थीलाई अक्कल कोपीला फाउन्डेसनले स्टेशनरी सामान सहयोग गरेको छ । फाउन्डेसनले १० वटा विद्यालयमा अध्यनरत १ हजार ७१ भन्दा बढी विद्यार्थिलाई कापी, डटपेन, कटर, इरेजर, पेन्सिल, साबुन र अन्य सरसफाई सामग्रीहरूको २ लाख रुपैयाँ भन्दा बढीको सहयोग प्रदान गरेको हो ।

अक्कल कोपीला फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराले जानकारी गराउँदै भने, ‘मुगु जिल्ला शिक्षा क्षेत्रमा अन्य जिल्लाहरूको तुलनामा केही पछि परेको महसुस गर्दै राज्यका तीन तहबाट नियमित रूपमा सुधारका प्रयासहरू भइरहेको छ । यसैक्रममा, हामीले नगरपालिका भित्रका १० वटा विद्यालयका विद्यार्थिहरूलाई यथासम्भव सहयोग गर्न खोजेका हौं।’

फाउन्डेसनको पहिलो चरणको सहयोगमा बालै, लुम, आटिखोला, कम्फा, लुम्स, बाम, सालिम, रङचेकाटी, झ्यारी लगायतका समुदायका १० वटा विद्यालयका १ हजार ७१ विद्यार्थिहरू लाभान्वित भएका छन् । प्रत्येक विद्यार्थीलाई ५ वटा कापी, ३ वटा पेन्सिल, १ वटा कटर, १ डटपेन र अन्य सरसफाई सामाग्री वितरण गरिएको छ । यस सहयोगले विद्यार्थिहरूलाई ठूलो राहत पुगेको र शिक्षा क्षेत्रमा थप उत्साह थपिएको विद्यालयका प्रधानाध्यापक तिर्थ बहादुर रोकायाले बताए ।

अक्कल कोपीला फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराले थप भने, ‘हामीले मुगु जिल्लासहित देश र विदेशमा पनि विभिन्न प्राकृतिक प्रकोप, आपतकालीन अवस्थाहरूमा पीडित र असाहय वर्गलाई सहयोग गर्दै आएको छौं । यसै प्रकारले विभिन्न समुदायका बस्तीहरूमा बाटो, धारा, पाटी, मसानघाट, ओखल, मिल, धर्मशाला, खेलकुद, शिक्षा, समाज सुधार र अन्य क्षेत्रमा अनुदान सहयोग गर्दै आइरहेका छौं।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार