मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

देवदह नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ नगर घोषणा

Ujyalosandeshonline 12545+ समाचार ( )
२६ पौष २०८२, शनिबार

भैरहवा । मानवसेवा आश्रमको सहकार्यमा रूपन्देहीको देवदह नगरपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ नगरपालिका घोषणा गरिएको छ । यो घोषणासँगै नगरभित्र सडकमा बेवारिसे र असहाय भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । नगरप्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न घोषणा सभामा सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, संरक्षण र दीर्घकालीन व्यवस्थापनलाई अब संस्थागत रूपमा अघि बढाइने बताइएको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय सरकार र मानवसेवा आश्रमबीचको यो सहकार्य मानवीय सेवा र सामाजिक उत्तरदायित्वको पक्षमा महत्त्वपूर्ण उपलब्धि भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापाई, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । मानवसेवा आश्रमले वि.सं. २०८२ भित्र नेपाललाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ देशव्यापी अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार