मुख्य समाचार
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो |

देवदह नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ नगर घोषणा

Ujyalosandeshonline 11907+ समाचार ( )
२६ पौष २०८२, शनिबार

भैरहवा । मानवसेवा आश्रमको सहकार्यमा रूपन्देहीको देवदह नगरपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ नगरपालिका घोषणा गरिएको छ । यो घोषणासँगै नगरभित्र सडकमा बेवारिसे र असहाय भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । नगरप्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न घोषणा सभामा सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, संरक्षण र दीर्घकालीन व्यवस्थापनलाई अब संस्थागत रूपमा अघि बढाइने बताइएको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय सरकार र मानवसेवा आश्रमबीचको यो सहकार्य मानवीय सेवा र सामाजिक उत्तरदायित्वको पक्षमा महत्त्वपूर्ण उपलब्धि भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापाई, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । मानवसेवा आश्रमले वि.सं. २०८२ भित्र नेपाललाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ देशव्यापी अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार