मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

फोहोरलाई जथाभावी विसर्जन गर्दा वनस्पति र बन्यजन्तुलाई असर

Ujyalosandeshonline 12547+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रबाट संकलित फोहोरलाई वन नजिकको क्षेत्र विसर्जन गर्दा वनस्पति तथा बन्यजन्तुलाई समेत असर परेको छ । चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको  बाग्मती र चादी नदिको किनारको वन क्षेत्रमा संकलित फोहोरलाई पालिकाले विसर्जन गर्दै आएको हो । 

नगर क्षेत्रबाट संकलित फोहोर बढी मात्रामा प्लाष्ट्किजन्य रहने गरेकाले यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभावी फ्याँकिएका छन् । त्यसैगरी, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभावी फालिएको स्थानीयको भनाई छ । 

घाँस–दाउरा गर्न र गाईबस्तु चराउन समेत नमिल्ने गरि फोहोर फालिएको  स्थानीय सुकेन्द्र गोलेले बताए । उनका अनुसार कुहिने, नकुहिने फोहोर नछुट्टयाएरै जथाभाबी फाल्ने गरिएको छ । नगर क्षेत्रबाट संकलित फोहोर व्यवस्थापनको बिषयमा आफुहरुको ध्यानकर्षण भइसकेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बताए ।

फोहोरलाई बर्गिकरण गरेर पुन प्रयोगमा ल्याउने वा जैविक मल बनाउने बिषयमा कार्यपालिकाको बैठकमा समेत छलफल हुँदै आएको उनको भनाइ छ । फोहोरलाई मोहरमा परिणत गर्ने आफु प्रयासरत रहेको उनले बताए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार