मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

अर्घाखाँचीमा सम्मान तथा साक्षात्मक कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12455+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

अर्घाखाँची । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति अर्घाखाँचीद्वारा युएनकाे तर्फबाट श्रीलंकाकाेलागि  आर्थिक  सल्लाहकारमा नियुक्त भएका अर्घाखाँचीकाे वाङ्ला निवासी सुभाष नेपालीलाई सम्मान तथा साक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ  ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख काेईरालाले दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत लगायतका समस्या समाधानका लागि ऐन, कानुनको प्रभावकारी कार्यान्वयन गर्न सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए । उनले  सुभास नेपालीले एउटा दलित समुदायको प्रतिनिधित्व गदै  अन्तर्राष्ट्रिय स्तरमा नेपाल चिनाउनका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताउदै उनलाई अर्घाखाँची जिल्लामा अभिभावकिय भुमिका निर्वाह गदै जिल्लामा सम्भावनाकाे समेत अध्यनन गनुपर्ने बताए ।

कार्यक्रममा श्रीलंङ्काकाे आर्थिक सल्लाहकारमा नियुक्ति भएका सुभाष नेपालीले पछिल्लो समय अर्थतन्त्रमा अनेकौं समस्याहरु रहेको बताए । अर्थतन्त्रलाई सबलिकरण गर्ने योजनाका साथ काम गर्न आवश्यक रहेको  बताउदै नेपालीले सबै क्षेत्रको मनोबल उठाउने गरी काम गर्न तयार रहेको भन्दै कोही पनि नआत्तिन आग्रह गरे। उनले अहिलेको अर्थतन्त्रमा समस्या कहाँ छन् भन्नेकुरामा आफू जानकार रहेको भन्दै सबैसँगको सहकार्यमा समाधान गर्न सकिने उनले बताए ।

कार्यक्रममा दलित अधिकारकर्मी बिष्णु परियार, पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले मन्तब्य  राखेका थिए ।  संघका लुम्बिनी प्रदेश सचिव तथा जिल्ला सल्लाहकार अनिल नेपालीको अध्यक्षता जिल्ला सचिव नवीन रसाइलीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा कृयाशिल  दलित अधिकारकर्मी सञ्चारकर्मी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतकाे सहभागिता  रहेको थियोे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार