मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मोबाइल व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा हरिबहादुर पाण्डे चयन

Ujyalosandeshonline 12547+ समाचार ( )
२७ मंगशिर २०८२, शनिबार

भैरहवा । मोबाइल व्यवसायी संगठन रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । भैरहवामा आयोजित अधिवेशनले हरिबहादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महासचिवमा श्यामप्रकाश गुप्ता, कोषाध्यक्षमा दिनेश गुप्ता र सचिवमा दीपक पौडेल चयन हुनुभएको छ । यस्तै, सह–कोषाध्यक्षमा रमेश यादव र सह–सचिवमा पुरुषोत्तम केसरी रहनुभएको छ भने सदस्यहरूमा जसवन्त धवल, सत्यम कलवार, मोहम्मद रसिद मुसलमान, सुजन दंगाल, विजेता कुमार वर्मा र रमेश पाण्डे निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै पाण्डेले व्यवसायीहरूको हक–हित संरक्षणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले संगठनलाई पारदर्शी र सक्रिय बनाउँदै सरकारी निकायसँग समन्वय गरी नीतिगत सुधार, तालिम तथा व्यावसायिक मर्यादा अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार