मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रुपन्देहीमा बजार अनुगमनमा तीव्रता: मापदण्ड विपरीतका पसलमाथि कारबाही

Ujyalosandeshonline 12614+ समाचार ( )
२९ माघ २०८२, बुधवार

भैरहवा । रुपन्देही जिल्लामा उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै संयुक्त बजार अनुगमन कार्यलाई निकै तीव्रता दिइएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा रोहिणी गाउँपालिकाको धकधई र सिद्धार्थनगरको भैरहवा क्षेत्रका विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको सूक्ष्म अनुगमन गरिएको हो।

अनुगमनका क्रममा मासु पसल, सुनचाँदी पसल, किराना तथा खाद्यान्न पसल, कस्मेटिक र होटलहरूको निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेको, न्यूनतम व्यावसायिक मापदण्ड पालना नगरेको र म्याद गुज्रिएका सामग्रीहरू खुलेआम बिक्रीमा राखेको पाइएको छ ।

टोलीले फेला पारेका म्याद नाघेका सामग्रीहरूलाई तत्कालै नियन्त्रणमा लिएर नष्ट गरेको छ भने मापदण्ड विपरीत सञ्चालित पसलहरूलाई बन्द गराइएको छ । धकधई बजारमा अनुगमन टोली पुगेको थाहा पाएपछि केही व्यापारीहरू आफ्नो सटर बन्द गरेर भागेका थिए । यसरी भाग्ने व्यापारीहरूका पसलमाथि विशेष निगरानी राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।

यसैगरी, भैरहवाको हाटबजार क्षेत्रमा रहेका मासु पसलहरूमा मासुको अस्वच्छ भण्डारण र बिक्री वितरण भइरहेको पाइएकाले त्यस्ता व्यापारीहरूलाई कडा चेतावनी दिइएको छ । अनुगमनकै क्रममा बसपार्क नजिकैको एक होटल र डान्स बारमा शंकास्पद गतिविधि देखिएपछि होटल सञ्चालक र केही युवायुवतीलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन अनुगमन कार्यलाई आगामी दिनमा पनि नियमित रूपमा अगाडि बढाउने बताउनुभएको छ । उहाँले व्यवसायीहरूलाई तत्काल आफ्नो कमजोरी सुधार गर्न सचेत गराउँदै निर्देशन अटेर गरेमा कडा कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ। साथै, जिल्ला प्रशासन कार्यालयले उपभोक्ताहरूलाई पनि सचेत रहन र सामग्री खरिद गर्दा गुणस्तर तथा म्याद जाँच गरेर मात्र उपभोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार