मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

फेवा नव बर्ष महोत्सवमा २० प्रतिशत सम्म छुट

Ujyalosandeshonline 12347+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

पोखरा । होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट  नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदै छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको १९ औं फेवा नव बर्ष महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । 

यही चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अगाडि बढाइएको छ । यही खुसीमा नयाँ बर्षमा पर्यटकलाई होटलका कोठामा छुटको घोषणा गरिएको संयोजक सुवेदीले स्पष्ट पारे ।

संघले विगत दुई दशक अघिदेखी नेपाली नयाँ वर्षको अवसरमा “पर्यटन, संस्कृति र खाना” भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गर्दै आइरहेको छ । 

अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि महोत्सवका माध्यमबाट उत्तिकै धुमधामका साथ मनाउने तयारी संघले अगाडी बढाएको हो ।

कोभिड १९ पश्चात् पूर्ववत् अवस्थामा फर्कन नसकेको होटल तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै  महोत्सवका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्य महोत्सवले लिएको छ ।

महोत्सवका माध्यमबाट गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर गर्दै प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत पहल गरिने संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार