मुख्य समाचार
बाजुराको सदरमुकाम मार्तडीमा आयोजित र्‍याली | बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन | युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छः सभापति लामिछाने | ‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’ | चेसिस नम्बर टेम्पर गरिएका टिप्पर र ट्रयाक्टर नियन्त्रणमा, कारबाहीका लागि यातायात बुझाइयो | सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याइने | नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'अपरेटिङ बेस' राख्ने तयारी गर्यो | लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की |

‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’

Ujyalosandeshonline 12016+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

काठमाडौँ। गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा प्रचलित कानुनमा रहेको व्यवस्था पालना गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “विगतमा जे जसरी सुरक्षा व्यवस्था र यससम्बन्धी सामग्रीको व्यवस्थापन गर्ने विषय समावेश गरियो, मापदण्डमा सोहीबमोजिम स्वीकृत गरेर अगाडि बढाइएको हो ।” 

गृहसचिव श्रेष्ठले विगतभन्दा अझ व्यवस्थित, पारदर्शी र एउटा मितव्ययी हिसाबले सम्पन्न गर्ने प्रयास गरेको र यसमा मन्त्रालयको तर्फबाट कुनै गतिविधि नभएको स्पष्ट पार्नुभयो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निवाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको विषयमा सत्यता नभएको बताउनुभयो ।

“निर्वाचन प्रहरीले स्वयं वा आफ्नै समूहबाट मापदण्डअनुसारको पोसाक खरिद गरेको वा र सो रकम उनीहरूकै बैङ्क खातामा सोझै भुक्तानी भएको हुँदा यसमा नेपाल प्रहरीको कुनै तहको संलग्नता हुने विषय भएन”, उहाँले भन्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गतआर्थिक वर्षको २०८२/८३ को यस पोसाक खरिद सन्दर्भमा सशस्त्र प्रहरी बलका तर्फबाट कुनै पनि बजेट हामीलाई प्राप्त बजेट पोसाक खरिद गर्न प्राप्त भएको बजेट कुनै पनि बजेटमा अनियमितता नभएको स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार