मुख्य समाचार
ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न |

पोखराबाट लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

Ujyalosandeshonline 12620+ समाचार ( )
२० पौष २०८१, शनिबार

पोखरा । पोखराबाटअबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित तीन जना पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका हुन् ।

राती नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अबैध लागू औषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।  

अभियुक्त थापाको घरकोठाबाट ०.५०० ग्राम खैरो हिरोइन, लागू औषध गाँजा ६०० ग्राम,NITRAVET–१० नाम उल्लेख भएको लागू औषध १९९ चक्की र मोवाईल एक थान समेत बरामद भएको प्रहरीले बताएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले नै पोखरा महानगरपालिका वडा नं.१ सिद्धनाथ टोलबाट अबैध लागू औषध खैरो हिरोईनका साथमा विभिन्न खाले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको बताइएको छ।  

उक्त स्थानबाट पोखरा १ सिद्धनाथ टोलका ३७ वर्षीय निसदबाबु श्रेष्ठ र पर्वतको कुश्मा नगरपालिका वडा नं. १० स्थायी वतन भई हाल पोखरा ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.कलाई अबैध लागू औषध खैरो हिरोईनका साथमा विभिन्न खाले लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ।  

पक्राउ परेका जना लागू औषधका कारोबारी रहेको र उनीहरुविरुद्ध कास्की जिल्ला अदालतमा लागू औषध सम्बन्धी मुद्दामा म्याद थप भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार