मुख्य समाचार
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति |

नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ महोत्सव हुने

Ujyalosandeshonline 11872+ समाचार ( )
१३ असार २०८१, बुधवार

काठमाडौं ।  नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ जात्रा महोत्सव आयोजना हुने भएको छ। मायाको पहिचान नेपाल र डाकिनी हस्पिटालिटीले असार १५ गते इन्द्रेणी रोपाइँ जात्रा महोत्सव गर्न लागेका हुन् । 

मायाको पहिचान नेपालले महोत्सवको तयारी पुरा भएको जनाएको छ। असार १५ गते बौद्धमा बेलुकी ५ बजेदेखि रोपाइँ महोत्सव सुरु हुनेछ। कृषिप्रधान देश नपालमा असार १५ गतेलाई धान दिवस (राष्ट्रिय धान दिवस) उत्सवको रुपमा मनाईने गरिन्छ । 

रापाइँले नेपाली जनताको जिवनशैली, लचिलोपन, अन्न उब्जने आशा र सांस्कृतिक विविधतालाई मूर्त रूप दिँदै कृषिसँग उनीहरूको गहिरो सम्बन्धलाई उजागर गर्दछ। नेपालको अर्थतन्त्र र संस्कृतिका लागि कृषि, विशेष गरी धान खेती महत्त्वपूर्ण छ। रोपाइँ जात्राले मनसुन सिजनको सुरुवात र धान रोप्ने अवधिलाई जनाउँछ।

असार १५ का दिन विशेषगरी किसानहरू सङ्गठित भएर धान रोप्ने र रमाइलो गर्ने गर्दछन्। पहिला देखि पुरुषहरूले महिलाको भेष गर्ने भएकाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग जोडिएको पर्व हो।

समुदायका व्यक्तिहरूलाई परापुर्वकालमा विशेष प्रतिष्ठित पेसाहरूमा सहभागी गराइने चलन रहेको पाइन्छ। जस्तै धामीझाक्री हुने, पन्डापुजारी, नृत्य सङ्गीत सिकाउने गुरुलगायतका पेसाहरू गर्दथे। कृषि क्षेत्रमा पनि कृषि सम्बन्धी जानकारीहरू आमसमुदायलाई सिकाउने भाग यही समुदायले बोकेको देखिन्छ। त्यसकारण धान रोप्ने ऋतुको पहिलो धान रोप्न सिकाउने कार्यक्रमलाई पर्वको रूपमा मनाउने गरिएको हुनुपर्छ। जसमा पुरुषहरूले महिलाको भेष लगाएर रोपाई जात्रा गर्छन्।

रोपाई जात्रा भनेर चिनिने मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमका क्षेत्रमा खेत मालिकलाई हिलो छ्याप्ने, धानखेतमा डुबाउने र जसको वरिपरि नवविवाहित र नवजात शिशुहरूले संरक्षण र समृद्धिको लागि अनुष्ठान गर्ने परम्पराहरू समावेश छन्।

अर्को महत्त्वपूर्ण परम्परा दही चिउरा खाने दिन पनि हो असार १५। जहाँ सहभागीहरूले दही र चिनीसँग चिउराको पौष्टिक मिश्रण खान्छन्, जसले किसानहरूको कडा परिश्रमको लागि आवश्यक ऊर्जा प्रदान गर्दछ।

रोपाइँ जात्रा पर्व खेतीपाती, वर्षा, जीवन, समुदाय, लैङ्गिक विविधता, खाना र परम्पराको उत्सव हो। जसले मानव र प्रकृतिबीचको सद्भावलाई जोड दिन्छ। यसले नेपाली संस्कृतिमा कृषिको महत्वलाई जोड दिन्छ। एकता र आनन्दलाई बढवा दिन्छ जब समुदायहरू आफ्नो सम्पदा मनाउन एकजुट हुन्छन् र प्रशस्त भविष्यको आशा गर्दछन्।

मायाको पहिचान नेपालले स्थानीय संस्कृति, परम्परा र समावेशीकरणलाई झल्काउने र प्रवर्द्धन गर्ने प्रामाणिक ढङ्गले वर्षभरि यस्तै स्थानीय चाडपर्वहरू मनाउने र कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ। यस्ता महोत्सवले नेपालको पर्यटन प्रवर्द्धन गर्ने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं संविधान सभाका सभासद् सुनिलबाबु पन्तले बताए। पन्त नेपालमा इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत समेत हुन। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार