कर्णाली । कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ । जिल्ला विकास समिति दैलेखका सभापति, नेपाली कांग्रेसका जिल्ला सभापतिको समेत जिम्मेवारी सम्हालनुभएका शाही अग्रणी नेताका रूपमा स्थापित हुनुहुन्थ्यो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ दैलेख बुडेली निवासी शाहीको ७७ वर्षको उमेरमा आज निधन भएको हो । हृदयघात भएपछि कर्णाली प्रदेश अस्पताल पुर्याइएका उहाँको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । नेता शाहीको निधनप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ ।