मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिन आवश्यक : प्रदेश प्रमुख भट्ट

Ujyalosandeshonline 12338+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका हुन् ।

पोखरा–१९ तल्लाकोट स्थित विन्ध्येश्वरी माविको ६३ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण, आइसीटी ल्याब उद्घाटन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले यो समयमा पूरानो शैली र ढाँचाले पठनपाठन फलदायी नहुने उल्लेख गरे ।

‘आज विद्यालयले आईसीटी ल्याब पनि उद्घाटन गरेको छ । यसले विद्यार्थीहरुलाई ठूलो फाइदा पुग्दछ । शिक्षालाई प्रविधिसँग जोड्दै सिकेका कुरालाई सीपमा बदल्न यसले ठूलो भूमिका खेल्दछ ।’ प्रदेश प्रमुख भट्टले भने – ‘सरकारी विद्यालयमा पठनपाठन नहुने, पढाइ राम्रो नहुने भन्ने आरोप लागिरहँदा विन्ध्येश्वरी मावि उदाहरणका रुपमा अघि बढेको छ । एसईईमा शतप्रतिशत नतिजाले पनि यो पुष्टि गर्दछ ।’

सरकारले शिक्षा क्षेत्रमा उल्लेख्य बजेट छुट्याइरहेको सन्दर्भमा त्यसको तुलनामा सरकारी विद्यालयबाट प्रतिफल प्राप्त नभएको गुनासो आइरहँदा विन्ध्येश्वरी जस्ता विद्यालयबाट अन्य सरकारी विद्यालयहरुले पनि पाठ सिक्न जरुरी रहेको उनले बताए ।  

‘शिक्षा क्षेत्र सामाजिक परिवर्तनको संवाहक हो । दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालय सही ढंगले अघि बढ्न सकेन भने बालबालिकाहरूको वृत्ति विकासमा बाधा पुग्दछ । समय सुहाउँदो पठनपाठन विधि तथा भौतिक पूर्वाधारको व्यवस्थापन अपरिहार्य छ ।’ उनले भने ।

विद्यालयहरुले विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउँदै उनले हाम्रा सामाजिक मूल्य र मान्यता, रहनसहन र मौलिकता, हाम्रा धार्मिक, सांस्कृतिक धरोहर, हाम्रो माटोको सुगन्धलाई कसरी विद्यार्थीको सिकाइसंग जोड्नेतर्फ शिक्षक र अभिभावकले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार