मुख्य समाचार
जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड |

ओमसतियामा बजार अनुुगमन, व्यवसायीको भागाभाग

Ujyalosandeshonline 1+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

मर्चवार न्यूज

मर्चवार, ३० असोज/ चाडवपर्वलाई लक्षित गरी ओमसतिया गाउँपालिकाले बजार अनुुगमन गरेको छ । ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपूरमा अनुुगमनको लागि टोली पुुग्दा ब्यवसायीहरु शटर बन्द गरि भागेका थिए । 

गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको संयोजकत्वमा अनुुगमन टोली पुुग्दा बिशेष गरि मासु ब्यसायीहरु शटर बन्द गरि भागेका थिए । यस्तै दर्ता नगरेका र बिल बिजक नभएका किराना पसलहरु पनि शटर बन्द गरेका थिए । 

अनुुगमनको क्रममा दर्ता नभएको मासु पसलबाट करिब २० किलो कुहिएको मासुु बामद गरि नष्ट गरिएको अनुुगमन समिति संयोजक चौधरीले बताईन । 

अनुुगमनको क्रममा खद्यान्न, मासुु, चिया, फलफुल, तरकारी लगायतका पसल अनुुगमन गरेको उनले बताइन् । अनुुगमनको क्रममा अधिकांश पसलहरु गाउँपालिकामा दर्ता नभएको भेटिएको अनुुगमन समितिकी संयोजक चौधरीले बताइन् । नियम उलंघन गरी ब्यवसाय संचालन गरेकालाई नियम पुर्वक संचालन गर्न तथा गुुणस्तरीय बस्तु बिक्रि वितरण गर्न निर्देशन दिइएको उनले बताइन् । गुुणस्तरहिन मासु बिक्रि गर्नेलाई पहिलो पटक सचेत गराउदै भविष्यमा फेरी भेटिए कार्यवाही गर्ने उनले बताइन । 

यस्तै होटल अनुुगमनको क्रममा अधिकांश पसलमा सरसफाई नदेखिएको हुदा त्यहा सरसफाईका मापदण्डलाई पालन गर्न उनले होटल ब्यवसायीहरुलाई चेतावनी दिएकी छन् । 

अनुुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, राजस्व शाखा प्रमुख अमृता पाण्डे,  स्वास्थ्य शाखा, पशुु शाखाका कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि संचारकर्मी लगायतका सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार