मुख्य समाचार
जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु |

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

Ujyalosandeshonline 12701+ समाचार ( )
फाइल तस्बिर।
६ भाद्र २०८३, शनिबार

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् ।“गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पु¥यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भन्नुभयो ।

मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । “शौंचालय र भान्सा घरमा क्षतिमा पु¥याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,” भुवनले भन्नुभयो, “डराइ–डराइ बस्नुपरेको छ । पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ ।”गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखीममा परेका छन् । स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मिना बोहरा, गम्भिरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेको छ । 

लगातारको पहिरोका कारण गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताउनुभयो । पानी परेको समयमा घर छोडेर छिमेकीको घरमा जाने गरेको उहाँले जानकारी दिनुभयो । विसं “२०७८ देखि पहिरो जान थालेको हो । त्यसपछि लगातार पहिरो खसिरहेको छ,” उहाँले भन्नुभयो, “पटकपटक पहिरोको दीर्घकालिन रोकथामका लागि सम्बन्धीत निकायसँगै माग गर्दै आएको भएपनि कुनै सुनुवाई भएन । अहिले पहिरोको जोखीम बढ्दै गएको छ ।”

स्थानीयले पहिरो जोखीम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन् । “घरमाथीको सबै जमिन चर्किएको छ । खानेपानीको पनि समस्या छ । बालबालिकालाई विद्यालय जान बाटो छैन,” पहिरोको जोखीममा रहेका कृष्ण बोहराले भन्नुभयो, “दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो ।”

४० रोपनी बढी खेतियोग्य जमिनमा क्षति 

स्थानीय गम्भिर बोहराले लगातारको पहिरोका कारण आफ्नो मात्रै करिब १५ रोपनी बढी खेतियोग्य जमिनमा क्षति पु¥याएको बताउनुभयो । “पहिरोले मकै बाली लगाएको सबै खेतियोग्य जमिन बगायो । घर पनि जोखीममा छ । अब जाने काँ ?”, बोहराले आँखाबाट आशु झार्दै भन्नुभयो । 

बाँकी जमिन पनि चर्किएकाले थप क्षति हुन सक्ने स्थानीयले बताएका छन् । सुर्नया गाउँपालिका–८ वडाअध्यक्ष भानबहादुर बोहराले ४० रोपनीबढी मकैबाली लगाएको खेतियोग्य जमिनमा क्षति पुर्याएको बताउनुभयो । सो क्षेत्रमा मात्रै ४० रोपनी बढी खेतियोग्य जमिनमा पहिरोले क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो । 

प्रजिअसहितको टोलिद्वारा स्थलगत निरीक्षण

शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ । सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई अर्काे स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताउनुभयो । बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री लगायतका जोहो गर्नुपर्ने भएकाले यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । 

“पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिसकेका छौँ,” प्रजिअ अर्यालले भन्नुभयो । पहिरोले बाटोसमेत बगाएकाले विद्यार्थीलाई आधा घण्टाको दुरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार