मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

‘जनयुद्धले ल्याएको व्यवस्थामै बसेर सहिदरुको अपमान सैह्य छैन’

Ujyalosandeshonline 12546+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएको बताएका छन् । बुधबार काठमाडौंमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताएका हुन् । 

उनले भने, पौडेलले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट त्यसको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा ‘बादल’ ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वभाविक होइन । न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मति भ्रष्टभएकै हो ?’ ।

उनले जनयुद्धकालमै रम्तेल लगायतका सहिदहरुको स्मृतिमा फागुन १४ देखि २१ सम्म साता व्यापी सहिद सप्ताहा अभियानको सुरुवत गरेको र आजपनि त्यसैको निरन्तरता स्वरुप देशभर अभियान चलिरहेको पनि बताए । 

त्यस्तै, अखिल (क्रान्तिकारी)का सह–फ्याक्सन ईन्चार्ज पञ्चा सिंहले दिल बहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रीले समेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोष व्यक्त गरिन् ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सिंहले जनयुद्धको विद्रुपीकरण नगर्न चेतावनी दिदै उनले भनिन्,‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरुले विरोध गरे पनि जनयुद्धमा बलिदन गर्न सिकाउने बादल कमरेडहरुलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो ?’केपी ओलीको चाकडी गर्नकै निम्तितल गिर्नु गलत भएको धारणा राख्दै उनले थप भनिन्,‘राम बहादुरहरु काम जाक र रगतको होली खेल्न जनयुद्धभएको थिएन, खबर्दार अतिभयो, अब सहन सकिन्न ।’

कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालले केन्द्रीय सचिव पौडेलको प्रमुख आतिथ्यतामा सहिद रम्तेलकी आमा किर्कौली रम्तेल (सरिमाया) लाई नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार