जनजागृति आधारभूत विद्यालय औरहवा व्यवस्थापन समितिको अध्यक्षमा बलिराम हरिजन

Ujyalosandeshonline 11020+ समाचार ( )
२२ पौष २०८०, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–४ औरहवास्थित श्री जनजागृति आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बलिराम हरिजन सर्वसम्मत रुपमा चयन भएका छन् । अभिभावक भेलाबाट छनौट भएकामध्ये विद्यालयका जेष्ठ सदस्य मुनिरका यादवको अध्यक्षतामा बसेको बैठकले विद्यालय व्यवस्थान समितिको अध्यक्षमा हरिजनलाई सर्वसम्मत रुपमा मनोनित गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यहरुमा साकिर अली देवान, तेतरी हरिजन (चमार) र  सरिता धवल चयन भएका छन् । बैठकले सुनिता चमार (हरिजन) लाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको छ । विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव र सदस्य सचिवमा प्रधानाध्यापक बबुन्ना गद्दी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार