मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विराटनगरका प्रहरी निरीक्षक कविन राई ‘भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई २०८२ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ । राईले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै यो सम्मान प्रदान गरिएको हो ।

भदौ २८ गते उनको कमाण्डमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थित चेकजाँच गर्ने क्रममा बन्दाकोपीमा लुकाएर ल्याइएको २ सय ६२ किलो ५८० ग्राम गाँजा बरामद गर्न सफल भएको थियो । सो क्रममा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिइएको थियो । त्यसैगरी विराटनगरका विभिन्न स्थानहरूबाट चोरी भएका सामग्रीहरू फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ । 

बरामद वस्तुमध्ये ल्यापटप ११ थान, मोटरसाइकल १ थान, अटो टेम्पो ३ थान, सिटी रिक्सा १ थान, स्कुटर ४ थान, ब्याट्री १४ थान, इनभर्टर ३ थान, सोफा ४ थान, फ्रिज २ थान, एसी १ थान, इलेक्ट्रिकल ओभन १ थान, स्ट्यान्ड फ्यान २ थान र इन्डक्सन चुलो १ थान रहेका छन् । यसबाहेक, लागू औषध नियन्त्रण ब्युरोसँगको समन्वयमा विराटनगर महानगरपालिका–१३ र १५ क्षेत्रमा गरिएको अभियानमार्फत ३ सय ३७ ग्राम लागूऔषध ‘ब्राउनसुगर’ सहित तीन जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार