मुख्य समाचार
बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न |

दलालको ट्याग भिराइयो भन्दै बाबुरामले गरे गुनासो

Ujyalosandeshonline 12399+ समाचार ( )
३० जेठ २०८१, बुधवार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् । सत्ताका लागि लम्पसार नपरेर अंग्रेजको पालादेखिका सन्धि, सम्झौता समयानुकूल बनाउन लागेकै कारण आफूलाई भारतीय दलालको ट्याग मिलेको भन्दै उनले गुनासो गरे ।

पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भारतसँगको समस्या समाधान गरौं भन्नेर लागेको आफूलाई दलाल देख्ने तर, कुर्सीका लागि भारतसँग लम्पसार पर्नेहरुलाई राष्ट्रवादी देख्ने भएकै कारण देश बन्न नसकेको चर्चा गरे ।

भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर आफूले सुरु गरेकाले भारतीय दलाल भन्ने गरेको आरोप लागेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, “भारतसँगको सन्धि, सम्झौताहरू जुन हुन्, प्रबुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौं भन्ने त मैले नै सुरु गरेको हो । र, अहिले त्यो हरायो । उल्टो मलाई नै भारतीय दलाल भयो भन्न थाले,’ उनले भने, ‘जसले प्रबुद्ध समूह बनाएर भारतसँग कूटनीतिक वार्ता गरेर यो समस्या हल गरौं र खुला सिमाना असमान सन्धि, सम्झौता अंग्रेजका पालादेखि भए त्यसलाई समयानुकूल बनाऔं भन्ने चाहिँ दलाल, जसले आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिन्छ, दिल्लीमा गएर लम्पसार पर्छ, ती चाहिँ राष्ट्रवादी भएपछि यो देश बन्छ ?’

पहिले आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले बीपी कोइरालाको समर्थन गरेको तर उनले राजालाई मान्न थालेपछि उनको साथ छाडेको भट्टराईले उल्लेख गरे । 

यस्तै, उनले राजतन्त्र अन्त्य गर्न आफू कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको स्पष्ट पारे । तर, उनले सत्ता नपाएरै आफूले नयाँ शक्ति हुँदै वैकल्पिक निर्माण कुनै लहड र सत्ता नपाएको रिसमा नबनाएको चर्चा गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार