मुख्य समाचार
एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ | पेस्तोल र गोलीसहित सियारीका चौधरी पक्राउ | पुवाखोलामा बेलिब्रिज निर्माण | सशस्त्र प्रहरीद्वारा बाइपास क्षेत्रबाट भन्सार छलीका किराना सामान र औषधि बरामद | ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो |

स्वदेश आइपुग्यो यू–१९ महिला क्रिकेट टोली

Ujyalosandeshonline 12359+ समाचार ( )
७ पौष २०८१, आइतबार

काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ । शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौं आइपुगेको हो । काठमाडौं आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक महेशप्रसाद रिजालले महिला यु–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शन गरेको बताए । उनले आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो  प्रदर्शन गरेर नेपाललाई चिनाउने आशा व्यक्त गरे । 

उनले भने, ‘जति राम्रो  गर्नुपथ्र्यो त्यो  गर्न सकिएन । तर  पाकिस्तान जस्तो  बलियो टिमसँग जित्नु नै हाम्रो लागि राम्रो प्लस पोइन्ट हो । अपेक्षा गरे अनुसार राम्रो नतिजा ल्याएको छ ।  तर  आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो  प्रदर्शन गरेर क्रिकेटमा नेपाललाई चिनाउने छ ।’

एसिया कपमा नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेको थियो । नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए ।

समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो । सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार