नेपाल र चीनका विश्वविद्यालय बीच सहकार्य सम्झौता

Ujyalosandeshonline 12325+ समाचार ( )
१५ पौष २०८१, सोमबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुुम्बिनीबौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषातथा संस्कृति विश्वविद्यालय बीच सहकार्य सम्झौता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको कार्यक्रममा लुुम्बिनीबौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्ण लाल बज्राचार्य र बेइजिङ भाषातथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमति पत्र आदान प्रदान भएको हो । 

समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदान प्रदान भाषा शिक्षण, अनुसन्धान कार्य सञ्चालनका लागिकाम गर्ने छन् । यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७गते देखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षण सम्बन्धी समझदारी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री एवं लुुम्बिनी बौद्ध विश्वविद्यालयका कुुलपति ओलीले नेपाल र चीन बीच शताब्दी औँ देखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देश बीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसीव्यक्त गरे । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीता कुमारी पौड्याल अधिकारी, लुुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा तिलक राम आचार्य र नेपाल स्थित चीनियाँ दूतावासका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार