मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

"वाचा मात्र होइन, मर्चवार परिवर्तन गर्ने कसम खाएको छु" : प्रमोदकुमार यादव

Ujyalosandeshonline 11768+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

मर्चवार । नेकपा एमालेका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोदकुमार यादवले आफू सधैं जनताको बीचमा रहेरै यस क्षेत्रको प्रतिनिधित्व गर्ने बताएका छन् । चुनावी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले रुपन्देही–४ का जनताको परिवर्तनको आवाजलाई आत्मसात् गरेर संसद्‌मा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् । आफू यस क्षेत्रका नागरिकसँग निकट रहेकाले यहाँका समस्याहरूको वकालत गर्न र तिनको समाधानका लागि हरपल लागिरहने उनले बताए ।

यसअघि २०७४ सालको संसदीय निर्वाचनमा विजयी हुँदा आफूले मर्चवारको विकासका लागि थुप्रै योजना लागू गरेको उनले स्मरण गरे । दोस्रो पटक आफूलाई विजयी नगराउँदा ती महत्त्वपूर्ण योजनाहरूको कार्यान्वयन प्रभावित भएको बताउँदै यादवले यसपटक अधुरा काम पूरा गर्ने अवसर दिन मतदातालाई आग्रह गरेका छन् । उनले मर्चवारको सडक फराकिलो र व्यवस्थित बनाउनेदेखि शिक्षा, स्वास्थ्य, सिँचाइ र रोजगारीका योजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए ।

हाल रुपन्देही–४ को छपिया लगायतका क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका यादवले नयाँका नाममा पुरानै व्यक्तिहरू आएर भ्रम छर्न खोजेको भन्दै सचेत रहन मतदातालाई आग्रह गरेका छन् । "अहिले मर्चवारको परिवर्तन गर्ने भन्दै नयाँका नाममा पुरानै व्यक्ति आएका छन्, त्यस्ता अवसरवादीलाई चिन्नु भएन भने पछुताउनु पर्ने हुन्छ," उनले भने । उनको चुनावी अभियानमा मर्चवार क्षेत्रका सयौं युवा, राजनीतिकर्मी र समाजसेवीहरूको उत्साहजनक सहभागिता रहेको छ । युवा र अनुभवी नेता भएका कारण पनि आफ्नो पक्षमा बलियो जनलहर देखिएको र जनताले खोजेको परिवर्तनको उपयुक्त विकल्प आफू नै भएको उनको दाबी छ ।

आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै उम्मेदवार यादवले मर्चवारको मुख्य सडक निर्माण पूरा गर्ने, ग्रामीण सडक सञ्जाल विस्तार गर्ने, रिङरोड निर्माण गर्ने तथा रंगशाला, अस्पताल र विद्यालयको स्तरोन्नति गर्ने लक्ष्य राखेका छन् । यसका साथै स्थानीय पालिकाबाट नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउने उनको भनाइ छ । विशेषगरी नयाँ पुस्ता (जेनजी) को मागलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विशेष ध्यान दिने स्पष्ट पारेका छन् । उनले दृढता व्यक्त गर्दै भने, "मैले वाचा मात्र गरेको होइन, मर्चवार परिवर्तन गर्ने कसम खाएको छु ।"

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार