मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विकेटको वर्षा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय २१ रनको लक्ष्य

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ३ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो ।

सुरुआतबाटै बलिङमा आफ्नो दबदबा कायम राखेको नेपालका लागि तिब्र गतिका बायाँहाते बलर प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरिले सर्वाधिक ३÷३ विकेट लिए । यस्तै, करण केसी, कुशल मल्लले पनि समान २÷२ विकेट लिए ।

करण केसीले पहिलो ओभरकोे चौथो र अन्तिम बलमै नेदरल्याण्ड्सको २ विकेट झारे । उनले पहिलो ओभरको चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए भने अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका थिए ।

नेपालका बलर प्रतिश जिसीले ८औँ ओभरमा दुई विकेट मात्र लिएनन् उनले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडलाई बोल्ड आउट गराए । एडवार्डलाई पहिलो बलमै बोल्ड आउट गराएका जिसीले आफ्नो पाँचौ बलमा ३ रन खर्चेर ओडाउडलाई पनि आउट गराए ।

२४ बलको सामाना गरेका ओडाउडले ३१ रन बनाउँदा कप्तान एडवार्डले २१ बलमा १८ रन बनाएका थिए ।  

९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनर कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाएका थिए । मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराउँदा छैटौं बलमा आर्यन दत्तलाई आउट गराए ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरबाटै  नेदरल्याण्ड्सलाई दबाबमा राखेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार