मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |

विकेटको वर्षा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय २१ रनको लक्ष्य

Ujyalosandeshonline 2584+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ३ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो ।

सुरुआतबाटै बलिङमा आफ्नो दबदबा कायम राखेको नेपालका लागि तिब्र गतिका बायाँहाते बलर प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरिले सर्वाधिक ३÷३ विकेट लिए । यस्तै, करण केसी, कुशल मल्लले पनि समान २÷२ विकेट लिए ।

करण केसीले पहिलो ओभरकोे चौथो र अन्तिम बलमै नेदरल्याण्ड्सको २ विकेट झारे । उनले पहिलो ओभरको चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए भने अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका थिए ।

नेपालका बलर प्रतिश जिसीले ८औँ ओभरमा दुई विकेट मात्र लिएनन् उनले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडलाई बोल्ड आउट गराए । एडवार्डलाई पहिलो बलमै बोल्ड आउट गराएका जिसीले आफ्नो पाँचौ बलमा ३ रन खर्चेर ओडाउडलाई पनि आउट गराए ।

२४ बलको सामाना गरेका ओडाउडले ३१ रन बनाउँदा कप्तान एडवार्डले २१ बलमा १८ रन बनाएका थिए ।  

९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनर कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाएका थिए । मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराउँदा छैटौं बलमा आर्यन दत्तलाई आउट गराए ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरबाटै  नेदरल्याण्ड्सलाई दबाबमा राखेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार